कान्छीबजारको प्रचार–प्रसार गर्न र बजारको चहलपहल बढाउन साँस्कृतिक मेला

तिलोत्तमा, १६ बैशाख । रुपन्देहीको तिलोत्तमा– १० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला–२०८१ हुने भएको छ । दुर्गा मन्दिर टोल बिकास संस्था तिलोत्तमा –१०, कान्छीबजारको आयोजनामा “कला, सँस्कृति, कृषि र पर्यटनको विकास–हाम्रो अभियान” भन्ने नाराका साथ दोश्रो कान्छीबजार सांस्कृतिक मेलाको आयोजना हुने भएको हो । मेला यही बैशाख २० गते देखि आगामी जेठ २ गते सम्म सञ्चालन हुने टोल बिकास सँस्थाले जनाएको छ ।

स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने र स्थानीयबासीलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्य अनुरुप कान्छीबजारमा दोश्रो पटक बृहत् सांस्कृतिक मेलाको आयोजना गरिएको टोल बिकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । “कान्छीबजार यो क्षेत्रकै एउटा ब्यापारीक केन्द्र हो ।, मेला मार्फत् कान्छीबजारको प्रचार–प्रसार गर्ने र स्थानीय बजारको चहलपहल बढाउने हाम्रो मूख्य उद्धेश्य हो,– श्रेष्ठले भने ।” मेलाले कान्छीबजारलाई प्रवद्र्धन गर्ने, कान्छीबजारको ब्यापार–ब्यबसायमा टेवा पू¥याउने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने र स्थानीय कला, संस्कृतिको जगेर्ना गर्ने अपेक्षा लिइएको श्रेष्ठले बताए ।

मेलामा चर्चित लोकदोहोरी गायक बद्रि पँगेनी, लोकदोहोरी गायक पशुपति शर्मा, लोकदोहोरी गायिका शान्ती श्री परियार, लोकगायक प्रकाश सपुत, गायक शिव परियार, प्रमोद खरेल, हेमन्त शर्मा ज्योती मगर, प्रिती आले, एलिना चौहान, चर्चित भोजपुरी गायक खेसारी लाल, अन्नु चौधरी, प्रिती पासवान, लगायत राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।

संस्थाका अनुसार मेलामा ४० भन्दा बढी विभिन्न खालका व्यवसायीक स्टल रहने छन् । भने युवा तथा बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुला लगायतका मनोरञ्जनका सामाग्री सहित बाल उद्यान रहने बताईएको छ ।
गर्मी मौसमलाई ध्यानमा राख्दै मेला प्रत्येक दिनको सांझ ५ बजे देखि रातको ११ बजे सम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । अहिले मेला स्थलको ब्यबस्थापन, स्टेज निर्माण, स्टल निर्माण लगायतका काम चलिरहेको र मेलाको ब्यापक तयारी भइरहेको सँस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

स्थानीय स्तरमा आयोजित मेलाको अवलोकन गर्न र भरपूर मनोरञ्जन लिनका लागि सँस्थाले नगर क्षेत्र वरपरका बासिन्दा लाई विशेष आग्रह समेत गरेको छ ।

 
 
  
 

You may also like