भारतमा फेरि फैलियो कोरोना : चारको मृत्यु, तीन हजार बढी संक्रमित

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा कोभिड संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढेपछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४चारजनाको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ । साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो ।

 
 
  
 

You may also like