चलचित्र सेतीबेणी यहि बैशाख २९ गतेदेखि प्रदर्शनमा

बुटवल। सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र सेतीबेणी यहि बैशाख २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्रबारे जानकारी दिन शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

बाबुराम घिमिरेको कथा लेखन तथा निर्देशनमा तयार भएको चलचित्र विश्वकै प्रसिद्ध धार्मिक स्थलको रूपमा परिचित सेतीवेणी र त्यहाँ रहेको विश्वकै ठूलो शिला शालिग्रामको धार्मिक, सामाजिक र साँस्कृतीक महत्वलाई समेटर निमार्ण भएको छ । चलचित्र बैशाख २९ गते बिहान ९ बजे बुटवलको मिलन चलचित्र हलमा पहिलो प्रदर्शन गर्ने तयारी गरीएको छ ।

मोफसलमा बसेर कलाकारीताका क्षेत्रमा काम गरीरहँदा समाजमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले यो चलचित्र निर्माण गरीएको निर्देशक घिमिरेले बताए । धार्मिक आस्थाको केन्द्र, पर्यटकीय र ऐतिहासिक केन्द्र शिला शालिग्रामको अस्तित्वको संरक्षण, प्रचारप्रसार र विकास गर्न यो चलचित्रले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । बालबालिका देखि बृद्धबृद्धासम्म सबैले हेर्नैपर्ने चलचित्र बनेको दावि गर्दै निर्देशक घिमिरेले चलचित्र बोर्डबाट सेन्सर पास भइसकेको बताए ।

आन्तरिक तथा बाह्य पर्यटनको समेत महत्व बोकेको शिला शालिग्राम र सेतिबेणी क्षेत्रको महत्वलाई यो चलचित्रले प्राथमीकता दिएर प्रस्तुत गरेको सह निर्देशक कमल बहादुर गुरुङले बताए । ‘नेपाल कला धर्म र संस्कृतमा धनि देश हो । विष्णुका रुपमा मानिने शालिग्रामको छुट्टै महत्व छ । यस्ता धार्मिक स्थल ओझेलमा पर्दै जाने हो भने हाम्रा धर्म, संस्कृतिनै धरापमा पर्छन् ।’, उनले भने ।

चलचित्र स्याङ्जा, पर्वत, गुल्मी र पाल्पाका बिभिन्न ठाउँमा छायांकन गरीएको छ । चलचित्रमा युनिक पोखरेल निर्माता तथा लक्ष्मी क्षेत्री सह निर्माता रहेका छन् । चलचित्रमा नायक कृष्णप्रसाद खनाल र नायिका सम्झना सुबेदीको मुख्य अभिनय रहेको छ भने मनप्रसाद सुवेदी, सान्तराम गिरी, हरिहर श्रेष्ठ, मणिरत्न भण्डारी, जोखबहादुर खत्रि लगायतका कलाकारले अभिनय गरेका छन् ।

 
 
  
 

You may also like