ब्राजिलमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं ।७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाखभन्दा बढीको मृत्यु भएको छ ।आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ८४१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ५४३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ४६ हजार ३०५ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३० लाख १३ हजार ३६९ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ९४ हजार २९३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १८ हजार ५३३ जनाको उपचार भइरहेको छ ।

 
 
  
 

You may also like