पोखरामा एक कोरोना संक्रमितको मृत्यु

पोखरा । कोरोना भाइरसको संक्रमणबाट कास्कीमा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा उपचाररत ६२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

डाइबेचिज मेलिट्युसको बिरामी रहेका पोखरा महानगरपालिका वडा नं १९ निवासी ती पुरुषको शनिबार राति ११ ३५ बजे आईसीयूमा उपचारको क्रममा मृत्यु भएको सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए । ती व्यक्ति गत १७ गते अस्पतालमा भर्ना भएका थिए ।

कोरोना उपचारको क्रममा उक्त अस्पतालमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

 
 
  
 

You may also like