जापानमा बिमानमा आगलागी : पाँचको मृत्यु, ३७९ यात्रुको सकुशल उद्धार

by समतल अनलाइन

टोकियो । टोकियोको हानेदा विमानस्थलमा यात्रुवाहक विमानसँग जापानी कोस्टगार्डको विमान ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

कोस्टगार्डको उक्त विमान सोमबारको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहायता पुर्‍याउने कार्यमा संलग्न रहेको थियो । अचानक जलेको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालिएको एयरलाइन्सले जनाएको छ ।

सामाजिक सञ्जालमा देखा परेको उक्त दुर्घटनाको फुटेजहरूमा सो बिमानमा एयरबस ए ३५० लाई मा रहेका यात्रुहरू भागिरहेको र तर्सिरहेको देखिएका थिए । उत्तरी जापानको होक्काइडोबाट उडेको जापान एयरलाइन्सको उक्त विमानमा आगलागी भए पछि भूकम्पको त्रासमा रहेको जापानलाइ थप दुःखद समाचार बन्न पुगेको छ । एजेन्सी

 
 
  
 

You may also like