इन्डोनेसियामा भारी वर्षापछि बाढी र पहिरो : तीनको मृत्यु, १० जना बेपत्ता

काठमाडौं । अत्याधिक वर्षापछिको बाढी र पहिरोमा परेर इन्डोनेसियामा थप तीन जनाको मृत्यु भएको छ । घटनामा १० जना बेपत्ता भएका छन् । स्थानीय विपद् व्यवस्थापन निकायका एक वरिष्ठ अधिकारीले पश्चिमी सुमात्रामा घटना भएको जानकारी गराएका छन् ।

बिहीबारको भारी वर्षाले प्रान्तका १० जिल्ला र सहरमा बाढी र पहिरोको कारण पुलहरू भत्किएका र घरहरू डुबानमा परेको प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सी फजर सुकमाको आपतकालीन इकाईका प्रमुखले बताएका छन् । बाढीले सडक डुबानमा परेको, यातायात अवरुद्ध भएको र हजारौं मानिस प्रभावित र विस्थापित हुन बाध्य भएको उनले बताए ।

‘पेसिसिर सेलाटन रिजेन्सीमा एक जनाको मृत्यु भएको छ भने अनय नौ जना बेपत्ता भएका छन्, र परियामन रिजेन्सीमा दुई जनाको मृत्यु भएको छ र अर्का एक जना बेपत्ता छन्,’ उनले भने । सुकमाले बिहीबारबाट बाढी सुरु भएपनि अहिले पानी कम हुन थालेको र विपद् प्रभावित क्षेत्रमा खाद्यान्न, कम्बल, औषधि र अन्य सामग्री पुर्‍याइएको जानकारी दिए ।

 
 
  
 

You may also like