भारतमा पछिल्लो २४ घन्टामा ५० हजार कोरोना संक्रमित थपिए

काठमाडौं। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ५० हजार ५२५ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएको छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।

यसअघि सम्म कुनैदिन यतिको संख्यामा संक्रमित फेला परेका थिएनन् । अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या १४ लाख ३६ हजार नाघेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ३२ हजार ८ सय १० पुगेको छ । आइतबार मात्रै त्यहाँ ७ सय १४ जनाको मृत्यु भएको छ ।

अहिले भातरमा ४ लाख ८४ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी ९ लाख १८ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । गत जनवरीमा पहिलो संक्रमित फेला परेयताका एक सय ७० दिनमा संक्रमित संख्या १० लाख नाघेको हो ।

 
 
  
 

You may also like