दिपु मगरको तिज गित ” रोगी दिदि ” सार्वजनिक ( भिडियो )

मोहन के सी
बुटवल । हरितालिका तीजको अवसर पारेर विभिन्न गीतहरुलाइ तीजको गीत भनेर बजारमा सार्बजनिक गरिएको छ । तीजका गीतमा चेली बेटीको पिडा समेट्दै माईति पक्षले चेली बेटीको पिडा सुन्न न सकेर दाजु भाइ लिन जाने कुरा , अझै भनौ नेपाली चेलीको पिडा समेटेर बजारमा सार्बजनिक गरिएका गीत भने बिरलै मात्रामा सुन्न र देख्न पाईन्छ ।

चेलीहरुको पिडा समेटर तयार पारिने गीत तीज गीत हो ,तर अहिलेको बजारमा तीज गीतको नाम झुण्डाएर नारीहरुको महान चाड हरितालिका तीजकै अपमान गरि छाडा र उरन्ठ्यौला गीत गायक गायिकाले सार्बजनिक गरिरहेको बेला चर्चित गायक दिपु मगरले भने एक मौलिक गीत सांगीतिक बजारमा सार्बजनिक गरेका छन् । उनले ” रोगि दिदि ” नामक गीत बजारमा फालेका छन ।बिगतका बर्षमा जस्तै दिपु मागर संग सांगीतिक सहकर्या भने रेणु राना मगरले गरेको छन् ।

दिपु मगर ,रेणु राना मगरको आवाज रहेको गीत ‘रोगि दिदि ‘को लय तथा शब्द दिपु मगरकै छ । गायक दिपु मगरले नै निर्देशन गरेको गीत रोगि दिदीको म्यजिक भिडियोमा भने बिष्णु भट्टराई को छायांकन तथा सम्पादन रहेको छ ।भिडियोमा दिपु मगर ,रेणु राना मगर ,बिष्णु भट्टराई बिहानी थापा लगाएत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
दिपु मगरको आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो ।
भिडियो:

 
 
  
 

You may also like