साहित्यकार भोला जोशीको ८० बर्षको उमेरमा निधन

काठमाडौं । साहित्यकार भोला जोशीको ८० बर्षको उमेरमा निधन भएको छ। अग्रज साहित्यकारको रुपमा रहेका जोशीको आफ्नै निवास हेटौंडामा निधन भएको हो ।

उनलाई ‘उस्ताद’ उपनामले पनि चिनिन्थ्यो । उनी धेरै समयपहिलाबाट दम र सुगरबाट पीडित थिए । उनी साहित्य बाहेक संगित विधामा पनि अबद्ध थिए । उनले संगित भरेको ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्यौँ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायत गीत चर्चित थिए ।

 
 
  
 

You may also like