-
- लालमणि भुसाल “अविलासी”
”
हुँदा हुँदा यति छ्रलंग भएर आयो कि कसैले कसैलाई फकाएर समस्या समाधान हुँदैन।भन्नखोजेको,नेताहरु त जो,र जे बुझेर जहाँबाट उच्चपदमा पुगेपनि आखिर उनीहरु जनताकै बलबुता,त्याग र पशिना,रगत र बलिदानीबाटनै पुगेकाहुन्।आज ति दुइजना९केपी र प्रचण्ड०ले गरेकोनिर्णयले किमार्थ समस्या समाधान हुँदैन। उनीहरुको त्याग र तपस्यानै फरक छ।
सबैभन्दा बढी त्याग र परिवर्तनको धोतक राजनेता र उच्च सोंचको नेता प्रचण्डनै हुन्। जसले सबै त्यागे र सबैकोलागि त्यागे। उनकै सहि त्याग र सिक्छ्या अनि सबल नेतृत्वले गर्दा आज आम देस्वासी र विश्व सर्वहाराले सहि मार्ग देखे । सबैले आफ्नो पहिचानको मूल्य र पहुंच के हो र कहाँ थियो आज कहाँ छ भोलि कहाँ हुनसक्छ आफ्नो शक्ति कति उच्च रहेछ भन्ने बाटो देखे।
प्रचण्ड त्यो व्यक्ति हो जसले भाइचारा र संगठनको बल बुझ्दछ। सबैको कल्याणको निम्ति जोखिम उठाएर नेतृत्व लिन र आवस्यक पर्दा दिन वा त्याग गर्न सक्दछ। जसको त्याग गर्न सक्ने छ्यमता पुरानो एमालेले पनि बुझेको छ। सबै खालको सर्वआवाज बुझ्न सुन्न सक्ने अनि हिमाल पहाड तराइमदेश लगायतका सबै जनताको नेता उनीनै हुन्। सबैको ईज्जतको लागि आफुलाईत्यागेका नेता उनी हुन। आफ्नो त्यागलाई जनता रास्ट्र र आम समुदाय, वर्ग,छेत्र,लिङ्ग, भूगोल अनि सारा परिवर्तनकारी र त्यागि समाजवादीहरुको लागि समर्पण गर्नसक्ने छेमता उनमाछ।
त्यस्तै क्षमता हालको पी। यम।मा र उनको निश्चित झुण्डमा छंदैछैन। यो सबैले आज दिनको सुर्य,संसारको कोरोना र आफ्नैदेश्मा आएको सलाह जसरी प्रस्ट देखेका, बुझेका र भोगेका छन्। त्यसैले यो पुरानो नेकपा एमाले भित्र यस्तो मिठो ललिपपको एउटा गुट छ जसले आफुलाईमात्र हेर्छ। अरुलाई मिठा गफ र हुन्छ हुन्छ भन्दै घीटीघिटीथुक निलाएर मराउँछ। नेकपा पुर्व एमाले भित्र कैंयौं सत्गुण भएका नेताहरु र त्यागि कार्यकर्तापनि छन्। अपसोच१ तिनीहरु सत्ताको पहुँचभन्दा बाहिर छन्।सत्ताको पहुँच नजिक भएका झुण्डहरु जसरि र जे गरेर भएपनि केपी गुटको सर्व पोषण हुन्छ र सत्ता पाउने टिक्ने र निरन्तरता हुने निश्चित हुन्छ उसकैलागी १००यु पटकछेक र चेक गरेर मात्र उनका झुण्डले काम गर्छन्। इनिहरुको स्कुलिङ्गनै निक्रिस्ट छ।
हामी सदासर्वदा ज्ञानी, निस्कलंक,त्यागि,जनसमर्पित् , पिडित र पिडितको उद्धार गर्ने कम्युनिष्टहरुले यो पुर्व एमालेभित्रको केपीझुण्डबाट सत्य र त्यागको मुल्यको कुनै आशा र विस्वास नगरेहुन्छ। बामदेव जस्तानेतास् जसले एमालेलाई एउटा निर्णायक शक्ति बनाएकोहो। २०५४ सालको स्थानिय निर्वाचनमा तत्कालिन ७५ जिल्लामद्ध्ये ६४ जिल्लामा एमालेको बर्चस्वको सरकार बनाएको जिउदो नेता हो।उसलाईआफ्नै चुनाव छेत्र बर्दियाबाट गत चुनावमा हराउने यहि केपी नित्रित्वको एकल झुण्डहो। जुन हालका के पी पी यम हुनुन्छ। उहालाई पार्टी अद्द्क्ष्य बनाउने निर्णायक शक्ति नै तिनै बामदेव हुन्। उनको सबल नेतृत्व आफ्नो आफ्ना कार्यकर्ता र गुटको लागि मात्र होइन देशकै लागि अपरिहार्य छ। जसले एमालेको उच्च विरासतलाइ जनजन नसानसामा उतार्यो र जसले जसलाई चाह्यो उसलाई अद्द्क्ष्यमा जितायो।जसले किशान आन्दोलन छेड्यो। पंच्यातका काला सिपाहीबाट बच्न नारीको भेष धर्यो। होलि बनेर हलो जोत्यो। भरिया बनेर भारिबोक्यो
त्यो नेता बामदेवगौतम हुन्, जसले महाकाली शन्धि नेपालको लागि धोकाहो भनि संसदमा पास हुन हुन्न भनि रोक्न खोज्यो र निर्णय हुनेनै भएपछी आफ्नो फेवरका सबैले पार्टी सम्म छाडे। एमाले छाडे।माले बने। तेही राजनेतालाई आज पुर्व एमाले भित्रको केपी गुटले यसरी किनारा लगायोकी मानौ उसको भूमिका केहि छैन। आज उसको ईज्जत राष्ट्रमा अकल्पनीय उच्च्चाछ। तर केपी झुण्डले बोल्न त के सोच्न दिन्दैन। आज लिम्पियाधुराको नक्सालेमात्र केपी रास्ट्रवादी बन्न शक्छनरु भुमि फिर्ता लिने कसले रु सम्झौता गर्न प्रमुख भूमिका खेलेको कसले !
हिंजो भारतले नाखाबंदी गर्दा के केपी ओलीको मात्र एकल सरकार थियो रुउनका कुनै झुण्ड युवा संग वा युथफोर्सजस्ता नाइके नेपालको सिमामा कुनै देशको वा पार्टीको झण्डा बोकेर गएकाथेरुरु के कुनै मण्डलामा भारतीय नाकाबन्दीको बिरुद्ध कुनै आवाज उठाएकाथिएरुरु आज पानि झण्डा र डण्डा उठाउने तराइ मदेश का आम नेपालि हरुको पिडा र तराइमा लुटिएका सयौं थाउका भूमिको नाम निशान र नक्शा खोइ रु मदेश्माथि सदै दुराग्रह राखेको आरोप त्यसै आउँछ रु जहाँ सबै भन्दा पिडित छन् भारतको अत्याचारबाट। तराइमदेशको माटो र ति जनता नेपालि होइनन रु हिंजो टनकपुर शन्धिलाइ राष्ट्रघाती भन्ने बामदेव आज फेरी उनैलेबनाएको अध्छ्यबाट सवै कुरामा उपेक्षित भए।
स्मरण रहोस, नेकपा एमालेको अन्तिम महादिवेशनमा आफ्नो सबै पावर र मत दिएर के पी ओलीलाइ अद्द्द्क्ष्यमा जिताउने तिनै बामदेव गौतम हुन्।तर गएको आम निर्वाचनमा उनलाई बर्दिया उनको आफ्नै चुनाबछेत्रबाट चुनावमा हराएर कांग्रेसलाई जीताउने पनि त्यै केपी ओलीको एमाले हो।उनलाई पटक पटक देशको राजनीतिको हस्तीहो त्यागि नेता हो भनेर संसदमा ल्याउन क।प्रचण्ड लगायत कैंयौ प्रमुख नेकपाका नेताहरुले खोज्दा दुवै सदनमा अवरोध गर्ने यीनै हालका पी यम ।केपी ओली र उनको निश्चित झुण्ड हुन्।
कम्युनिस्ट भन्ने तर एकातिर निरङ्कुश र अर्कोतिरदासताको भुत्मा बेरिएका यस्ता नेता,जसले गणतन्त्रको गुहाई दिन्छ ,जसले लोकतन्त्रको गुहाई दिन्छ ,तर आफ्नै पार्टी, आफ्नै जनता रास्ट्र र सहिदको उपहासगर्दै आफ्नै पार्टीको बैठकमा आउनेबेलामा बैठक छोडेर रास्ट्रपतिलाइ भेट्न जान्छ। राती राति कानुनविपरीत महान्यादिश्लाई सरकारी निवासमा बोलाएर घन्टौं बिताउँछ। तेस्तैको विस्वासमापरेर आज देश जलेकोछ। अब यो अतिवादको विरुद्ध देसकोलागि हिंजोका त्यागिहरुले अन्तिम निर्णय गर्नु आवस्यक छ। अवपनि ई दुइजना एउटा भावुक मिलनसार त्यागि अर्को सवै लिएर पनि न अघाउने सदै आन्द्रादुहुने र कपटसाधिरहने ढोका थुनेर धोकादिने। यी दुइको बिचमा देशको समग्र कम्युनिस्टसमाजवाद सहितको जनमत र जनाकाङछ्यालाई तिलान्जली दिनु हुन्न।
हाम्रो देश आए आँप गए झटारो सोच्ने कुनै खोरापातिको एकलौटी सम्पति होइन। स्वाधिनता सम्प्रभुता र आत्मनिर्णयको अधिकार र कानुनको सम्मान आम नेपालीले बुझेकाछन। जसले आम जनमत,पार्टी, राष्ट्र र अन्तराष्ट्रको इतिहास,बर्तमान र भविस्यको सहि मुल्यांकन गर्नुको सट्टा खेलवाड र उपहास गर्छ तेस्लाई नेता मान्नु आफु,समाज, देश र विश्वकोलागि अधोगति र विनाशको बाटो रोज्नुहो। अव उसको निर्णय र उसको नियतबाट समस्या समाधान हुने गुन्जायस छैन। हालको नेपालको सत्ता र शम्प्रभुताको चाँपी लिएको पी यम माथि धेरैलाई भ्रामक बिस्वास थियो। त्यो उनको अपत्यारिलो गफ र टुक्का मा आएको पानीजहाज रेल तेल घरघरमै ग्यास्पाइप कोरोनाको महामारीमा दिएको भाडा बिजुजी पानि सबै छुट सबैले देखायो। अझ लाज लाग्ने कुरा त खुब त्यागि नेताको आजसम्मको देखालो लगभग१२अरवको खर्च जनतामाथिको कर सबै माथिको जासुसी निगरानी आफ्नो आइटी काण्ड,र विपतको बेलाको कमिसन सबैले छर्लंग भएकोछ। आज जनतामा जलन छ। कालापानी टनकपुर शन्धि पास गराउन खेलेको भूमिका र यम सी सी पास गराउन गरेको मरिहत्तेलेत उनको नक्कली हनुमानको मुकुण्डो खोलिएकोछ।
चिनिया ईज्जत र प्रगति माथि जसरि पनि धावाबोलिरहेको नव साम्राज्यवाद अमेरिका र उसको च्यानल र गोटीमा खेल्न चाहने तर कम्युनिस्टको झन्डामा मुखलुकाउने केपीवाद सबै कम्युनिस्ट, देशभक्त र सारा समाजवादको कलङ्कहो भन्ने सबै देशभक्तले बुझिसकेका छन्। यो अव लुकाएर लुक्ने ढाकेर ढाकिने छेकेर छेकीने वाला छैन। कुटिल चाल अब लुक्नेअवस्था छैन। सुर्यलाई हत्केलाले छोप्न र बर्कोभित्र औंला उठाएर घरमा आएर स्वास्नीसँग गफ छाँट्न सिपालु नेता जनताको खुन र वलिदानको भट्टीमा पोलिनेछन्। ब्यङ्ग र टुक्काको भ्वाङ्ग कति गहिरो रहेछ र त्यो उखान टुक्का र भ्वाङ्ग को अर्थ के रहेछ यो बेलामा सबै नेपालीले बुझेका छन्। आफ्नै गुट , झुण्ड , समर्थक , उनीजस्तै पार्टी अद्क्ष्य भएका , पी यम भएका , मदन भण्डारीको मिर्त्युको शोकमा डुवेर आकुल ब्याकुल भएको एमाले र सारा विस्वा कम्युनिष्टविरुद्धको उभार बाट बचाएर १५ वर्ष पार्टी हाकेको राजनेतालाइ त चिडिको दुक्काझई ब्याबहार गर्ने यस्ता लोकतन्त्रवादी हुन्छन् रुरु उनि जेलेमा बस्दा सर्वहारा श्रमजीवी जनताको नेतृत्व र पार्टीको विरासत कसले बचायो रुरुजेलाई नबसेको नेता हुन्न भने मदन भण्डारी कसरि विश्वचर्चित नेता भए अनि प्रचण्ड रुरु कठिन भन्दा कठिन जीवन बिताएर पार्टी लाइ यो अवस्थामा ल्याएका नेकपाका पुर्व एमालेलाइ त यति तल पार्न खोजे र चिडाए भने उनको नियत कसरि सारा परिवर्तनकारी माओवादी र उसको एजेन्डामा एकाकार हुन सक्छ११ आज उनले र उनको यम्सिसी र तेस्तै अलोकप्रिय कर्म समर्थक झुण्डले बुझेर र बुझाएर यो एकता भाड्नबाट रोक्नु पर्छ। आज इतिहासको मुल्यांकन गर्दा ई र यस्ता नेताले आफ्नो मात्र होइन जनता र रास्ट्रको सर्वस्व डुवाउन सक्दछन्। जसले आफुमात्र ठुलो सोच्च्दछ त्यो सबैभन्दा निच हो। सम्मान र समर्थन अरुलेदिएर स्विकार्ने अमुल्य खाजनाहो। आज स्थाई कमिटी, सचिवालय, केन्द्रिय कमिटि र विधान अनि १० बर्षे जनयुद्ध ,१९ दिने विश्व चर्चित जनान्दोलन ई सबैको त्याग बलिदानी र खुन पसिना बाट बनेको कानुन लाइ समेत धोति लगाएर निरङ्कुशता लागु गर्नखोज्नु कसैको नियतमा छ र कल्पना मात्र पनि गर्दछ भने आफु र आफ्नो झुण्ड(समर्थक सबैको सर्वनासको बाटो रोझ्नु हो।
लिम्पियाधुरा र लिपू लेख सहितको नक्सा पारित गर्नु ठुलोई हात्ती समाएको हो। तर त्यो कागजी हाती हो। त्यो कागजी हात्ती समाउनु कुनै ठुलोकुरा हुँदै होइन । तेस्ता कागजका नक्सा त आज जुन नेपालीले पनि टिस्टा कांगडा सम्मको कोर्न शक्दछ। नामको मात्र ईज्जत होइन। बरु ईज्जत छ र दम्भ छ भने त्यो भुमि र बाँकी नेपालि भुमि जहा लुटिएका छन् मुख्यरुपमा तराइ मदेशमा ति सबै भूमि सहितको नक्शा भन्दा पहिले भुमि प्राप्त गरेर देखाउनु र नक्शामा पनि राखनु खुब ठुलो ऐतिहासिक कर्म हुन्छ। त्यो मात्र जसले गर्न सक्छ तिनी हुनेछन कोरोना भन्दा शक्तिसाली र सच्चा नेपालि पी यम। आज दुइतिहाइको सरकारको प्रधानमन्त्रीले सबैलाई माथ खुवाएर एकलाई हिड्न खोज्ने अनि भारतले र नेपालीआफ्नै साथीले मलाइ नक्साको कारणले हटाउन खोजे भन्नु त्यहिहो सच्चा राष्ट्रवादरुरुरु भारतले बनाएको पार्टी, भारतले चुनेको प्रधानमन्त्री, भारतले बनाइदिएको देश हो र नेपाल रुरुअनि हाम्रो पी यम रुरुयो त जँड्यामामा ससुराले भान्जी बुहारीको घरमा दराजमा पिसाब गर्ने अनि के गर्नुभयो ममा भन्दा मेरोमा त येस्तै दराज जस्तै ट्वाइलेट थियो भान्जी भनेर गएर लाजले आत्महत्या गरेजस्तै हो। हामीलाई थाहाछ हिंजो पनि उनले जसपाए तर उनलेखासैमा केहि गरेका होइनन्। एउटा ३ वर्ष देखि रोकिएको तलव भत्ता दिंदा र विस्तारै भारतको बिरुद्ध नेपाली सबै एकाकार भएर गरेको प्रतिरोध पछि भारत आफै गलेर नाकाबन्दि खोलाएको हो। विस्वो जनमत र नेपालीको प्रतिरोध छेमता बाट भारत पछि हटेको हो। तेस्को जस ओली गुटले पायो। त्यहि दम्भ सहि दम्भ हुन्त्यो भने उनले पार्टी एकता पनि किमार्थ गर्दैनथे। ति प्रमाण सबै संग जीवित छन्। हामीले हिंजो,आज र भोलिका सबै लक्ष्य र प्रणामबाट प्रस्ट बुझ्छौं कि उनले आफ्नै बलबुताले केहि उलटपुलट गर्ने र नया चमत्कार गर्ने वाला छैनन्।
आफ्नै पार्टीको सबै संरचनामा एक तिहाइ मतमा चित्त बुझाउन पर्नेअवस्थाको नेताले २२से चौबिसे मात्र होइन राणासासनमा जस्तै कानुन सम्बत सबैको साझा र सम्मानको ९एक हिसाबमा नामको मात्र ०सम्मानित रास्ट्रपतिलाई भेटेर जनमत लोकतन्त्र र गणतन्त्र सबैमा धोति लगाउछभने तेस्ले केहि नया चोया काढ़ला र नया डालो बुन्ला भनेर कसैले नसोचे हुन्छ। पुरानो घाउमा नया खिल जन्माउनु र भाइ फुटाउनु गवार लूटाउनु बाहेक अरु केहि होइन।
अव यो ऐतिहासिक विश्वमहामारीको संकटको बेलामा सबै अतिवादी, जिद्धि, हठी,अदुरदर्शी धनमोहि,अव्यवहारिक(निर्मम, स्वार्थ(लोलुप,आत्माकुन्ठित र कालभूलक सबैको निर्मम परिक्ष्या हुँदै छ। मर्ने मरेर गएपनि बाँच्नेले सबै देख्न र भोग्न पाउनेछौं। त्यो निर्मम र सत्य परिक्ष्यामा पासहुन हाम्रा आदरणीय पी यम सजग भएर तत्काल जनपक्ष्यिय, उत्तरदाई, र विधिसम्बत निर्णय गर्नु अपरिहार्यछ। अन्यथा उहाँ मात्रहोइन उहालाई जे गरेपनि सहिहो भनि उकास्ने बोक्ने निश्चित गुटगत झुण्डले र उनका कारण सारा नेपालीले अनि विश्व कम्युनिस्टआन्दोलनले पनि ऐतिहासिक क्षेति र भुमरीको सामना गर्न पर्नेछ त्यो कालो दिन हामी कल्पना गर्न चाहदापनि चाहंदैनौ।