थप दुई कोरोना संक्रमितको मृत्यु , नेपालमा मृत्तकको संख्या २६ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्रै दुई जना कोरोना संक्रमित व्यक्तिको निधन भएको छ ।जनसंख्या मन्त्रालयको आज (बिहीबार) को नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पोखरामा एक र ललितपुरमा एक गरी दुई जनाको कोरोना संक्रमणका कारण ज्यान गएको पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

गए राति पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्याङ्जाको आँधीखोला गाउँपालिका, सिरुवारीका ५५ वर्षीय पुरुष निधन भएको थियो । उनको बिहीबार शव समेत व्यवस्थापन गरिसकिएको छ ।

त्यस्तै बिहीबार दिउँसो पाटन अस्पतालमा उपचाररत् चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको निधन भएको हो । उनको अहिले शव व्यवस्थापनको तयारी भइरहेको प्रवक्ता गौतमले जनाकारी दिए ।

 

 
 
  
 

You may also like