बिहीबार एकैदिन थपिए ४३४ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौं।नेपालमा विहीबार थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार १६२ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ । जसमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनु्सार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ जना पुरुष, सुनसरीका २ महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना पुरुष, महोत्तरीका ५ जना पुरुष, सिराहाका एक महिला र एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ जना महिला र ९ पुरुष, बैतडीका एकजना पुरुष, बझाङका ३ महिला र १३ पुरुष, बाजुराका २ जना महिला र २ जना पुरुष, डडेल्धुराका एकजना महिला र ११ पुरुष, कैलालीका २ जना पुरुष, कंचनपुरका ११ जना महिला र ४८ जना पुरुष, रौतहटका ३८ पुरुष र सर्लाहीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ७ जना महिला र ८६ जना पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एकजना पुरुष, काठमाडौंका २ जना महिला र २ जना पुरुष, ललितपुरका एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एकजना महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीका एकजना महिला र ४ जना पुरुष, तनुहँका २ जना महिला र ७ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष, म्याग्दीका एक महिला र ५ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ पुरुष, प्युठानका २ महिला र ५ जना पुरुष, पाल्पाका २८ पुरुष र रुपन्देहीका ४ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पुर्वका एक जना पुरुष, बर्दियाका एकजना महिला र ५ जना पुरुष, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बझाङका २ पुरुष, बाँकेका एकजना पुरुष, दैलेखका १ महिला र १७ जना पुरुष दार्चुलाका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी धादिङका एकजना पुरुष, इलामका एकजना पुरुष, जुम्लाका एकजना पुरुष, कैलालीका एकजना पुरुष, कालिकोटका एक महिला र २ जना पुरुष, कास्कीका एकजना पुरुष, लमजुङका एकजना पुरुष, सल्यानका एकजना पुरुष, र सुर्खेतका १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बाजुराका ४ जना पुरुष, बाँकेका ३ जना पुरुष, दैलेखका एकजना महिला,दाङका एकजना पुरुष, धादिङका एकजना पुरुष, गोरखाका २ जना पुरुष, गुल्मीका एकजना पुरुष, इलामका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै जुम्लाका एकजना पुरुष, कंचनपुरका एकजना पुरुष, खोटाङका एकजना पुरुष, लमजुङका एकजना पुरुष, ओखलढुंगाका २ जना पुरुष, पाल्पाका एकजना पुरुष, रामेछापका २ जना पुरुष र ताप्लेजुङका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

थप ३१२ जना कोरोना संक्रमणमुक्त

नेपालमा थप ३१२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।

जसमा जलेश्वर अस्पताल महोत्तरीबाट २१ जना पुरुष, दुल्लु अस्पतालबाट २ महिला र ५ पुरुष गरी ७ जना कोरोना निको भएर घर फर्किएका छन् ।

त्यसैगरी, गौरिशंखर अस्पताल रौतहटबाट ३ महिला र ७७ पुरुष, अल्पाइन अस्पताल सर्लाहीबाट ६९ पुरुष, सशस्त्र प्रहरीको कोभिड अस्पताल बलम्बुबाट १ पुरुष, त्रिवि शिक्षण अस्पतालबाट २ पुरुष, आइसोलेन सेन्टर खजुरा बाँकेबाट २ महिला र ४ पुरुष, बर्दियाबाट २ महिला कोरोना निको भएर घर फर्किएका छन् ।

आइसोलेन सेन्टर वनकटुवा बाँकेबाट ३ पुरुष, आइसोलेन सेन्टर राप्ती सोनारी बाँकेबाट १ महिला र १० पुरुष, आइसोलेन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लाइन्स डेन्टल आइसोलेन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ महिला र २० पुरुष संक्रमणमुक्त भइ डिस्चार्ज भएका हुन् ।

यस्तै प्रादेशिक अस्पताल जनकपुरबाट ४ जना पुरुष, साइकृष्ण आइसोलेन सेन्टर सप्तरीबाट ३ महिला र १३ पुरुष, सपही आइसोलेन सेन्टर धनुषाबाट ३ महिला र ४२ पुरुष, सिरहाबाट १ पुरुष रहेकाे प्रवक्ता गौतमले जानकारी दिए ।

हालसम्म ज्यान गुमाउनेको संख्या २६ पुग्यो

नेपालमा विहीबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति उपचारका क्रममा मृत्यु भएको हो । उनी गत असार ८ गते अस्पतालमा भर्ना भएका थिए । सघन कक्षमा उपचाररत उनको बुधबार राति निधन भएको हो ।

यसैगरी ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष र दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको गरी २४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like