कान्छीबजारमा सांगीतिक धमाका मच्चाउँदै शिव परियार

रुपन्देहीको तिलोत्तमा– १० कान्छीबजारमा सञ्चालित दोश्रो सांस्कृतिक मेला–२०८१ मा चर्चित गायक शिव परियार आउने भएका छन् ।

दुर्गा मन्दिर टोल बिकास संस्था तिलोत्तमा –१०, कान्छीबजारको आयोजनामा सञ्चालित दोश्रो कान्छीबजार सांस्कृतिक मेलामा आज शनिवार गायक परियार आउने कार्यक्रम तय भएको टोल बिकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । मेलामा गायक परियारको बिशेष सांगीतिक प्रस्तुति रहने श्रेष्ठले बताए ।

“कला, सँस्कृति, कृषि र पर्यटनको विकास–हाम्रो अभियान” भन्ने नाराका साथ गत बैशाख २० गते देखि दोश्रो कान्छीबजार सांस्कृतिक मेला–२०८१ शुरु भएको हो ।

मेला अत्यत्नै उत्साहजनक ढंगबाट सञ्चालन भईरहेको र दर्शकहरुको उल्लेख्य सहभागिता रहेको मेला संयोजक गोपाल गुरुङले जानकारी दिए । स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने र स्थानीयबासीलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्य अनुरुप कान्छीबजारमा दोश्रो पटक सांस्कृतिक मेलाको आयोजना गरिएको संयोजक गुरुङले बताए ।

मेलामा यसअघि चर्चित गायक हेमन्त शर्मा, लोकदोहोरी गायिका प्रिति आले, चर्चित भोजपुरी गायक खेसारी लाल, अन्नु चौधरी लगायतका ख्यातिप्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुती दिईसकेका छन् । भने मेलामा कान्छीबजार डान्स आइडल समेत सञ्चालन भईरहेको छ ।

मेलामा मनोरञ्जनका लागि बाल उद्यान तथा विभिन्न खालका व्यवसायीक स्टल समेत राखिएको संस्थाले जनाएको छ ।

गर्मी मौसमलाई ध्यानमा राख्दै मेला प्रत्येक दिनको सांझ ५ बजे देखि रातको ११ बजे सम्म सञ्चालन हुदै आएको छ । मेला आगामी जेठ २ गते सम्म सञ्चालन हुने मेला आयोजक सँस्थाले जनाएको छ ।

 
 
  
 

You may also like