गृहमन्त्रीको विषयमा प्रधानमन्त्रीले सदनमा झूट बोल्नु भयो : शेखर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीले सदनमा झूट बोलेको जिकिर गरेका छन् ।

आज (मंगलबार) संसद भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा झूटो बोलेको बताएका हुन् । आफूमाथि प्रश्नचिन्ह खडा भ एपनि गृहमन्त्रीले नैतिकताका आधारमा नै राजीनामा दिनुपर्ने उनको भनाइ थियो । कोइरालाले छानबिन समितिको मागमा कांग्रेस अडिक रहेको प्रष्ट्याए ।

 
 
  
 

You may also like