नेवा सेवा समितिको साधारणसभा,पत्रकार मानन्धर सम्मानित

बुटवल। नेवा सेवा समितिको १५ औं वार्षिक साधारणसभा शनिवार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवम पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले लोप हुदै गएको नेवारी भाषा,कला, संस्कृति र लिपिहरु को संरक्षण र सम्बर्द्धन गर्न सम्पूर्ण नेवारहरु ऐक्यबद्धता भएर लाग्नुपर्ने बताए।

। कार्यक्रममा श्री नेवा सेवा समितिका अध्यक्ष चिरन्जीवी श्रेष्ठले रुपन्देहीमा नेवार समुदायको बाक्लो उपस्थिति रहदैँ आएपनि विशेष बेला र अवसरमा एकजुट हुन नसकेको चिन्ता व्यक्त गर्नुभयो। बुटवलका नेवारहरु फरक फरक नाम र सङ्गठनका नाममा संगठित भएपनि सबै नेवारी समुदायको उदेश्य नेवा:भाषा , संस्कृति,र सभ्यताको रक्षा गर्दै नेवारी परम्परालाई नै जोगाउनु रहेको बताउनुभयो। उनले बुटवल र यस आसपासमा रहेका दर्जनौं नेवा सम्बद्ध संस्थाहरुलाई समन्वयकारी भुमिकाबाट समन्वयन र सहकार्यको भावना जगाउन हरप्रयास रहने बताए ।

उहाँले स्थापना कालदेखि अहिलेसम्म संस्थामा‌ रु. १‌ करोड ५० लाख बराबरको सम्पत्ति रहेको जानकारी दिए। कार्यक्रममा महिलाहरुको नेतृत्व विकासको लागि उद्घोष तालिम साथै आत्मनिर्भर बन्नको लागि गोष्ठी सेमिनार तथा सिपमुलक तालिमहरु र बाजा बजाउने तालिम श्री नेवा सेवा महिला समेत दिने लक्ष्यका साथ अघि बढिरहेको बताईन् ।

उनले महिला समिति गठन भएपश्चात कोष सन्चालन गर्नको लागि सुरुमा मासिक बचत रू १०० जम्मा गरि हाल मासिक बचत रु १०००का दरले सङ्कलन गर्ने गरेको बताउनुभयो। हाल संस्थामा सम्पूर्ण सदस्य संख्या २२७ रहेकोमा विशिष्ट आजीवन सदस्य सङ्ख्या १७, आजीवन सदस्य संख्या ४२, तथा साधारण सदस्य संख्या १६८ रहेको छ। कार्यक्रममा दान दाता, जेष्ठ नागरिक, १२‌ कक्षामा उत्कृष्ट हुने विद्यार्थी र माउन्टेन टेलिभिजनका लुम्बिनी प्रदेश संवाददाता सत्यनारायण मानन्धरलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहभागीहरुले रक्तदान गरेका थिए।

 
 
  
 

You may also like