पाल्पा लामडाँडामा जीप दुर्घटना,८ जना घाइते

by समतल अनलाइन

बुटवल । पाल्पामा आज दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका-७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले जानकारी दिए ।
घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला घाइते भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकास्थित थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका-४ का ३९ वर्षीय दानबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीपमा १४ जना सवार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like