बुटवल।नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोनपे क्युआर मर्चेन्टलाइ सम्मान गरेको छ ।
शनिवार मणिग्राम स्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा एक कार्यक्रमका बिच नया बर्ष २०८१ को अवसर पारेर समृद्धि हेयर सलुन बुटवलका संचालक मोहन ठाकुर र मैनाबगर अटाेल्यान्डका संचालक सुदन ज्ञवालिलाइ बैंकको क्युआर मार्फत आफ्नो व्यावसायिक सस्थामा कारोबार गरि डिजिटल बैंकिग प्रणाली प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै व्यवसायिद्वय मोहन ठाकुर र सुदन ज्ञवालिले बिगत लामो समयदेखी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ग्राहकको रुपमा कारोबार गर्दा हालसम्म बैंकले प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधामा सहजता भएको र अहिलेको युग प्रबिधिकै युग भएकोले आगामी दिनमा डिजिटल कारोबारलाइ अझै बढाउदै लैजाने बताउनु भयो साथै बैंकले नया बर्षको अवसर पारि सम्मान गरेकोमा खुसि समेत व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सम्पत्ति ,दायित्व एवं मार्केटिङ ब्यबस्थापन प्रमुख जेनु थापा , बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्का , डिजिटल बैंकिग बिभाग प्रमुख बिश्व सिंह , लुम्बिनी प्रदेश उप- प्रमुख ज्ञानेन्द्र पन्त , डिजिटल बैंकिग बिभागका निरज शुक्ला , सुदर्शन राज तुलाधर र लुम्बिनी प्रदेश अन्तर्गत रहेका विभिन्न शाखाका कर्मचारीहरुको सहभागीता रहेको बैंकका लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।