खाद्यले गर्‍यो खसी–बोका र च्यांग्राको मूल्य निर्धारण, किलोमा कति छ छुट ?

by समतल अनलाइन

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी–बोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । आज (सोमबार) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकिलो ६८० कायम गरेको छ भने च्यांग्राको मूल्य प्रतिकिलो एक हजार २६० रुपैयाँ निर्धारण गरेको छ ।

यो मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको हो । कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ । यो वर्ष दुई हजार खसी–बोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

 
 
  
 

You may also like