मदन पुरस्कार ओझा र जगदम्बा श्री पुरस्कार मुखियालाई अर्पण

by समतल अनलाइन

काठमाडौं । २०७९ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार प्रदान गरिएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ‘ऐँठन’का लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार प्रदान गरेका हुन् ।

मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ । गुठीले यसअघि नै मदन पुरस्कार ‘ऐँठन’ लाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो । ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ ।

‘ऐँठन’ विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास ल्याएका थिए । २०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका छन् । उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरुको कभर र बाल पुस्तकहरुमा चित्रकथा कोरेका छन् ।

 
 
  
 

You may also like