नेपालमा कोरोनाबाट निको हुनेको संख्या १५५ पुग्यो

काठमाडौं । नेपालमा हालसम्म १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित लाइभ अपडेटमा १५५ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएको हो ।

संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या १५५ पुगेको जानकारी दिए ।

उनले भने “कोरोना निको हुनेमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन् ।” आजै मात्र थप ९० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको उनले जानकारी दिए ।

कोरोना संक्रमण देशका ४६ जिल्लामा देखिएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like