” आमा ” शब्द सुन्दा नै निकै प्यारो लाग्छ छ !

  • कमल सुवेदी 

बिहानै उठ्छिन गाई भैसिको गोठ भकारो सोर्छिन र कुडोपात दिएर सबेरै घासको भारी लिएर आई पुग्छिन । अनि फेरि पुजापाठ र आफनो सबै काम सिध्याएर उठ बाबू चिया खा भन्दै बिस्तारामै आईपुग्छिन, निकै दुख लाग्दछ आमा तिमिले सबेरै उठेर काम गरेको देख्दा,भित्र भित्रै निकै मन दुख्छ आशु आउँछ “आमा”तिम्रो माया ममता देख्दा, अलि कति टाउको दुख्दैमा तातो पानी दिने मेरि “आमा “अझ आठ बजे सम्म सुत्दा पनि बिस्तारामै चिया नास्ता लिएर आउछिन कति कोमल हुन्छ ” आमा” को मन,

आज कति रोहि रहेकी छिन होला एक्लि हुदा आशै आश मा बसेकि “आमा” मन कसरी बुझाउछिन होला। कि यो बुढेसकालमा साथ दिने छोरा अहिले साथमा छैन,
आफु लाई समाल्ने बेला छोरो नौ डाडा पारी हुदा कति रुन्छिन होला मेरि” आमा” अलि कति केही हुदा एकदमै आत्तिनी मेरि “आमा” छोरा ले दुख गर्दा कस्तो खिन्न मन गराउछिन होला। नौ महिना आफ्नो कोखमा राखी जन्माएकि मेरि “आमा” को टाउको माथु थुपृएको ऋण र दुधको भारा तिर्न नसकी नौ डाडा पारी पठाउदा कति रोइन होला मेरि “आमा” के गर्छेउ आमा तिमी लाई दुखि बनाएर नि धन कमाउनु पर्दो रहेछ “आमा”, साहु घरमै आएर थर्काउदा तिमिले कराएर बिहानै उठाएको याद आउँछ आमा ”

अलि कति टाउको तात्दा नि पानी पट्टी गरि दिने मेरि “आमा” यहाँ ज्वरोले काम गर्न जान नसक्दा नि “आमा” तिम्रो झल्कोले भक्कानिएर निकै रुन्छु “आमा” एक पेट खाएर १४-१५ घन्टा काम गर्नुको पिडा थाकेको शरिर अनि फेरि थाकाई नमेटिदै काममा जानुको पिडा यो परदेशको ठाउमा मैले कसलाई सुनाउ “आमा”, बाध्य भएर जुन दिन तिम्रो न्यानो काखबाट टाढा भएको थिए त्यो दिन एउटा् कुरा बुझे कि मजबुरी ले गर्दा मजदुरि गर्नै पर्नी रैछ “आमा “, तिमीलाई बेस्सरी सम्झिन्छु “आमा” यी गोरे हरुले कराएको बेला बाबाले मलाई गाली गर्दा उल्टै बाबासङ झगडा गर्न पनि पछि पर्दिन थियौ।
एक मनले फेरि सोच्छु फर्केर तिम्रै काखमा आउछु भनीफेरि ती तिमिले लगाएका झुत्रा लुगा सम्झिन्छु ” आमा “चिन्ता न गरे आमा छोरो छिट्टै आउने छ ।

तिम्रा नि नाङ्गो खुट्टा मा चप्पल लगाईदिने छ।ती झुत्रा लुगा माथी नया लुगा ले ढाक्दिने छ चिन्ता नगरे आमा ती तिम्रा शिर माथी लागिएका ऋणका थुप्रा हटाउने छु। आश नमारे आमा तिम्रो छोरो फर्की आएर ती झुत्रा मैला झुन्डिएको घर लाई सजाएर आफू सुखी महल बनाउने छु।आफूलाई समाले “आमा” तिम्रो छोरो तिम्रै सुखका आशले परदेशिएको थियो।ती तिम्रा दुख देखि न सकेर परदेशिएको छोरो को आश न मारे “आमा” सम्झाना निकै नै आउँछ “आमा” दुईचार दिन कल नगर्दा छोरो काममा ब्यस्त होला भनेर मन बुझाए “आमा”, यहाँ दुई चार घन्टा बढी काम गर्दा नि तिम्रा ती पछिका दुई चार दिन भएनी सुखी देख्न पाउनेछु भन्ने एक झिनो आश पलाउछ “आमा” पिर नमाने म चाडै फर्की आउनेछु र तिमिलाई खुसी सुख का राख्ने छु आमा बस म फर्की आउदा सम्म आश र सास दुबैलाई जिउदै राख्नु “आमा”……………

 सामाजिक अभियानता , धनगढी

 
 
  
 

You may also like