” जन्तिमा शंख र मलामिमा पन्चेबाजा बजाउने कामरेड हरु !”

  • सुमन अधिकारी 

सर्वप्रथम सरकारले संविधान संशोधन गरोस र स्पष्ट किटान गरेर लेखोस : “कानुनको कार्यान्वयन नाक , जुँगा र हैसियत हेरेर गरिनेछ।” , टन्टै साफ हुन्छ , कसैलाई लुकामरी खेल्न , नौटंकी गर्न आवश्यक हुँदैन। पूर्व सचिव भिम उपाध्यायलाई अफवाह फैलाएको अभियोगमा गिरफ्तार गरिएछ।
वर्तमान प्रम केपि ओलिले नै प्रचण्ड ले क्यान्टोनमेन्टको २६ अर्ब घोटाला गरेको आरोप लगाएका थिए , अब यो आरोप सत्य हो कि अफवाह हो ? दुई मा एक त पक्कै होला होइन त हल्लुडेहरु ? कि तेस्रो सम्भावना छ हल्लुडेहरुको दिमागमा ? ( हुन त आँखा बाट श्वास लिने अदभूत प्राणिको सन्तान परे क्यार ! हुन पनि सक्छ है !) सत्य हो भने २६ अर्ब घोटाला गर्नु राज्य र जनता बिरुद्धको अपराध हो कि होइन? ओलि अहिले प्रधानमन्त्री छन , अनि प्रचन्ड माथी कार्यवाही हुन पर्छ कि पर्दैन ? प्रचण्ड माथी कार्यवाही हुँदैन भने ओलिले लगाएको आरोप असत्य हो भन्नू पर्ने हुन्छ यसर्थ यो आरोप सत्य होइन भने केपिले अफवाह फैलाएको पुष्टि हुन्छ कि हुँदैन , उनि आफै अफवाह फैलाएको महशुस गरेर जेल छिर्न पर्ने होइन ?

मदन भन्डारिको हत्या भएकै हो र यो हत्या गिरिजाले नै गरेको हो भन्दै दाबी गर्ने केपि नै थिए, यहि दाबिको जगमा ६ महिना लामो आन्दोलन भएको थियो , बन्द हड्ताल , चक्काजाम , तोडफोड र आगजनी मात्र होइन कैयौं जना मारिएका थिए । संसद समेत तोडफोड भएको थियो , यस क्रममा अर्बौको क्षति भएको थियो । अब केपिको उक्त दाबी सत्य थियो कि अफवाह थियो ? यसमा पनि त केवल २ सम्भावना छन सत्य वा असत्य ! हल्लुडेहरुलाई के लाग्छ ?

ओलि अहिले दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री छन , आफुले लगाएको आरोप अनुसार दोषी लाई सजाय दिनु पर्छ कि पर्दैन ? फेरि भनौला गिरिजा मरेर गए , तर गिरिजा आफै जिप चलाएर जाने त होइनन उनले त केबल योजना बनाए होलान अनि यो योजनामा संग्लग्न अन्य दर्जनौ होलान ! कतिपय जिवितै होलान , ती जिवितलाई भए पनि कार्यवाही त हुनुपर्यो ! होइन भने ओलिले स्विकार गर्न पर्यो मैले अनावश्यक अफवाह फैलाएको थिएँ … आन्दोलनमा मरेर जाने ती नागरिक फेरि जिवित हुन्छन ? क्षति भएको अर्बौको सम्पत्तिको जिम्मा कसले लिने ?

ओलिहरु नै हुन बामदेब गौतमलाई नेपालको १ नम्बरको भ्रष्ट्राचारी घोषणा गर्ने , यो आरोप सत्य हो कि अफवाह हो ? सत्य हो भने १ नम्बरको भ्रष्ट्राचारी माथी कार्यवाही हुनुपर्दैन ? असत्य हो भने यस्तो अफवाहपूर्ण भ्रम फैलाउनेहरुलाई पागलहरुको जमात किन नभन्ने ?
ओलि एक नम्बरको राष्ट्रघाती हुन , ७० करोड खाएर महाकाली सन्धी पारित गरेको भन्दै टुँडिखेल बाट कुर्लने – पुस्तक लेख्ने बामदेब , योगेश र घनश्याम हुन । अब राष्ट्रघातिलाई प्रधानमन्त्री मान्न सकिन्छ हल्लुडेहरु ? कि त बामदेब , योगेश र घनश्यामले अफवाह फैलाएको घोषणा गर्न पर्यो , अनि यस्तो अफवाह फैलाउने फटाहाहरुलाई बारम्बार मन्त्री किन बनाउँछौ ?

भुस्याहा कम्रेडहरुलाई याद छ ! २०४६ साल ताका पम्फादेवी ठकुराठिको नाम अत्याधिक चर्चामा थियो , त्यो बेला तत्कालिन महारानी एश्वर्यले पम्फादेविको नाम बाट स्विजरल्यान्डमा अर्बौ रुपैयाँ लुकाएर राखेको र त्यो पैसा फिर्ता गर्नुपर्ने भन्दै भाषण गर्ने अहिलेका नेकपाका सबैजसो नेता हुन । हामिले समेत पत्याएर एश्वर्यालाई पम्फादेवी भन्यौं । त्यो आरोप सहि थियो कि फगत अफवाह थियो ? अहिले भिम उपाध्यायले सरकार र ओलि माथी लगाएको आरोप गम्भीर हो कि तत्कालिन महारानिलाई त्यस्तो आरोप लगाउनु गम्भीर हो ? त्यो आरोप अफवाहपूर्ण थिएन भने स्विजरल्यान्डमा रहेको एश्वर्याको सम्पत्ती छानबिन गर्न पर्थ्यो कि पर्थेन ?

भुस्याहा कम्रेडहरु !
यदि तिमिहरु साँच्चै नै मन्छे हौ भने , तिम्रा दिमागमा गोबर होइन गिदि छ भने , तिमिहरु फटाहा होइन ईमान्दार छौ भने , देश र जनता प्रती जिम्मेवार हौ भने आफुले लगाएको आरोप पुष्टि गर्न छानबिन गर्थ्यौ , छानबिन बाट दोषी देखिए कार्यवाही गर्थ्यौ , छानबिन बाट दोषी ठहर नभए क्षमा माग्थ्यौ तर तिमिहरुले केबल आक्षेप लगाएर , गम्भीर आरोप लगाएर आफ्नो राजनितिक दूनो सोझ्यायौ , जनतालाई भ्रमित गरेर राजनितिक प्रभाव विस्तार गर्यौ … जे जस्तो आरोप र आक्षेप लगाएर, राजनैतिक फाइदा लुटेर सत्तामा पुग्यौ त्यसपछि आफुले लगाएको आरोप पुष्टि गर्न छोडेर फेरि अरु कसैलाई आरोप लगाएर हिलो छ्याप्दै गयौ … तर कुन आरोपलाई पुष्टि गर्न छानबिन गरेर कार्यवाही गर्यौ ? तिम्रा राजनिती सधैंभरी यस्तै फट्याईंले चल्छ ? जीन्दगी यस्तै फट्याइँ – धुर्त्याई र खुराफात गरेर फाल्छौ ? जीवन ठूलो कि पद ठूलो मूर्खहरु ? पद र शक्ति आर्जनको लागि आफ्नो जीवन विकृत वनाउँदैछौ होस त छ ?
तिमिहरु साँच्चै नै मन्छे हौ भने भिम उपाध्याय लाई अफवाह फैलाएको आरोप लगाएर गिरफ्तार गर्नु अघि आफुहरुले विगतमा फैलाएको दर्जनौ गम्भीर अफवाह प्रती नजर लगाउ … ! लाज , घिन , शर्म र संकोच लाग्दैन ?
अनि भीम उपाध्यायलाई पक्राउ गर्न आदेश दिने त गृहमन्त्री राम बहादुर थापा हुन क्यार ! अहो ….! राम बहादुर कम्रेड ! तपाइले ओलि प्रचन्डलाई लगाएको गम्भीर आरोप याद छ? कि मन्त्री पद पड्काए सँगै पोलेर खानु भो ? ओलि त साम्राज्यवाद र विस्तारवादको दलाल होइनन र भन्या ! अनि प्रचन्डले जनयुद्धको हतियार बेचेर खाएको होइन ? क्यान्टोनमेन्टको अर्बौ रुपैयाँ प्रचन्डले खाएको होइन ? जनयुद्धका गद्धार होइनन प्रचण्ड ? सिर्फ मन्त्री पद पड्काउन यी आरोप लगाएको हुँ भनेर ईमान्दारिता प्रदर्शन गर्ने नैतिक साहस छ ?
अनि माधव कम्रेडले त विहानै रक्सिले टिल्ल परेर विधवा ताक्ने भनेर घुमाउरो भाषामा ओलि माथी मात्र होइन कसैमाथी गम्भीर र संगिन आरोप लगाएका थिए … भिम उपाध्यायको आरोप गम्भीर हो कि माधव कम्रेडको आरोप गम्भीर हो छुट्ट्याउ … माधव नेपाललाई आरोप पुष्टि गर्न भन्छौ कि पक्राउ गर्छौ ? तिमिहरुले आचि खाए पनि हामिले हलुवा मानिदिनपर्ने ? अरुहरुले हलुवा खाए पनि आची नै हुनुपर्छ भनेर अनुमान गरिदिने ?
#नालायकहरु अब त लाज घिन शर्म मान हौ !
” पुर्व सचीव भिम उपाध्याय मात्रै होइन कारबाहीको भागिदार भुस्याहा कामरेड हरु पनि बन्नुपर्छ ! !”

 
 
  
 

You may also like