रवी लामिछानेको दिन खराब भन्दै ज्योतीष अर्जुन क्षेत्रीले लेखे यस्तो स्टाटस

by समतल अनलाइन

काठमाडौँ । फेस रिडर भनेर चिनिएको ज्योतीष हुन् अर्जुन क्षेत्री । उनी केहि समय अगाडि नेपालमा ठूलो भूकम्प आउँछ भन्दै मानिसहरुमा क्रास फैलाएको भन्दै प्रहरीले जेल समेत हालेको थियो । त्यस पश्चात मिडियामा देखिनै छाडेका थिए अर्जुन । उनी जेल जानु भन्दा अगाडि निकै चर्चाको पात्र बनेका थिए । तर पछिल्लो समय जति उनलाई सपोर्ट गर्ने छन् त्यो भन्दा धेरै उनलाई गाली गर्ने भेटिन्छन् । यो कुरा उनलाई सामाजिक सञ्जालमा गरिएका गालीबाट प्रष्ट बुझ्न सकिन्छ ।

उनी जेल परेर छुटेपनि अरुको भविष्यवानी गर्न भने अझै छोडेका छैनन् । उनी दिनहुँ जसो फेसबुक लाईभमार्फत अरुको भविष्य हेरिरहेका हुन्छन् । यहिबीचमा आज उनले पत्रकार रवी लामिछानेकोसमेत भविष्यवानी गरेका छन् । उनले पत्रकार रवीलाई आजका दिनदेखी ४० दिनसम्म ठूलो संकट पर्ने भन्दै स्टाटर लेखेका छन् । स्टाटसमा अर्जुनले रवीलाई भेट् चाहे पनि भेट्न असमर्थ भएका कारण यो सबै स्टाटस मार्फत नै सबै जानकारी दिन लागेको उल्लेख गरेका छन् ।

उनले स्टाटसमा लेखेका छन्– ‘‘हजुर भगवानप्रति शस्त्र र शक्ति प्रतिको विश्बास गर्नु हुन्छ या गर्नु हुन्न त्यो त म भन्न सक्दिन तर दाजु हजुरको मैले फेस रिडिङ गर्दै जानेक्रमम देखाएको कुरा लेख्दै छु ।’’ रवीलाई ठुलै सङकट, ब्रजपात, चुनौतिको समय रहेकाले सचेत रहन अर्जुनले आग्रह गरेका छन् । अर्जुनका यी कुरालाई लिएर रवीको के विचार आउने हो वा होइन त्यो भने प्रतिक्षाकै घडि बनेको छ । तर यहाँसम्म बुझ्न सकिन्छ कि रवी आफ्नो कामका कारण सधै संकट हुन्छन् । यो सबैले बुझ्ने कुरा हो ।

अर्जुनको पूरा स्टाटस पढ्नुहोस्ः

आदरणीय रबि दाजु नमस्ते ,
गल्ती भए माफी पाउ , भेट्ने प्रयास धेरै गरे भेट्न सकिन , msg गरेर reply आएन , system मा कल गरेर direct call मिल्दैन भन्ने कुरो आयो ,
तेसैले आफ्नो facebook बाट post गरेर हजुरसम्म पुराउने प्रयास गरेको छु !

#दाजु_आजदेखी_४०_दिन_तपाइको_लागि_जिन्दगीकै_नराम्रो_समय_बन्ने_छ_होशियार_भएर_अगाडी_बढ्नु_होला

हजुर भगवान प्रती शस्त्र र शक्ति प्रतीको बिश्बास गर्नु हुन्छ या गर्नु हुन्न त्यो त म भन्न सक्दिन तर दाजु हजुरको मैले face reading गर्दै जानेक्रम देखाएको कुरा लेख्दै छु !

# साचै भन्नू पर्दा बुध निज बृहस्पति उच्च र केतुकारक अबस्थामा छ हजुरको

यथार्थ ठुलै सङकट , ब्रजपात , चुनौटि को समय छ हजुरको हरेक कुरा बिचार गरेर अगाडी बढनु पर्ने समय छ !

हजुरको लागि आजको दिन बाट ११.५८ मिनेट बाट हजुरको समय एकदमै नराम्रो चल्दैछ ! आजको दिन देखि ४० दिन तपाईंको खतरा छ अर्थात असोज ४ गते सम्म खतराको समय रहने छ , तपाइको लागि यो ४० दिनको समय भनेको जिन्दगीकै नराम्रो समयको रुपमा रहने छ , एकदम हिशियार साथ अगाडि बढ्नु होला ! शत्रुहरु सक्रिय हुने , बिरोधिको सङ्ख्या बढ्ने , कुनै पुरानो गल्ती या त्रुटिलाइ ठुलो बिबाद बनाउने , बिबादमा आउने, वैवाहिक जिबनमा समस्या आउन सक्ने ,हत्यको प्रयास हन सक्ने , ठूलो झुठाे आरोप सहनु पर्ने , सन्तान प्राप्तीको कुराहरु उठ्न सक्ने , ठुलै चुनौटि हुने ! पेट र ठाउको मा समस्या आउने लामो समय बिरामी पर्न सक्ने , यो बिच वैदेशिक भम्रण हुने र आर्थिक पाटाेमा ठूलो समस्या आउने योग छ र न्यायलय सम्म पुग्ने मुद्दा मामिला पर्न सक्ने जेलनेलका कुराहरु उठ्ने जस्तो योग हरु देखिन्छ होशियार भएर अगाडि बढनु होला !

मैले आफ्नो क्षमता ,अध्ययन र अनुसंधानले बताएको कुरा भनेको हु ! हजुरको लागि राम्रो होस भनेर यो कुरा लेख्दै छु , केही हद सम्म भएनी बिचार गर्दिनु होला ! गलती भए क्षमा पाउ धन्यवाद !

 
 
  
 

You may also like