पहाडी भेगमा भारी वर्षाको सम्भावना, यस्ताे छ २४ घण्टे चेतावनी

by समतल अनलाइन

काठमाडौं, साउन २५ आज (शनिबार) देशका अधिकांश स्थानमा बदली भई केही ठाउँमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना उल्लेख गर्दै मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गरेको छ।

साथै आज पहाडी भेगमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै मौसम पूर्वानुमान महाशाखाले भनेको छ– देशका केही स्थानहरूमा मेघ गर्जनसहित वर्षा हुने/चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिन्छ। साथै देशको पहाडी भूभागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ, जसले गर्दा सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थान (नेपाल)भन्दा केही दक्षिण भए पनि बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायु र स्थानीय वायुको समिश्रणबाट उत्पन्न प्रणालीले पानी पर्ने क्रम जारी रहेको हो।

उनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत पहाडी भेगमा मौसम बदली भएको छ भने तराई क्षेत्रका अधिकांश स्थान सामान्यतया माैसम सफा छ।

‘तर त्यस्तो ठूलो आत्तिनपुर्ने खालको पानी पर्ने सम्भावना छैन,’ नेपालखबरसँग उनले भनिन्, ‘व्यापक क्षेत्रमा होइन, आइसुलेटेड (सीमित ठाउँमा) भारी वर्षा हुने देखिन्छ।’

हेरौं मौसम महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन पनि :

मौसम विश्लेषण
मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ। भारतको मध्य प्रदेशमा रहेको मनसुनको निम्न चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थानमाको रूपमा रहेको छ। मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर(प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

देशभर समग्र मौसमको अवस्था
हाल देशका अधिकांस स्थानहरुमा आंशिकदेखि सामान्यसम्म बदली रही देशका थारै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण २५ गते शनिबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको मध्य र पूर्वी पहाडी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण २६ गते आइतबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पश्चिमका केही स्थानमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

श्रावण २७ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पश्चिमी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

 
 
  
 

You may also like