रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन, सबैजनाले रक्तदान गर्नुपर्ने कार्यक्रममा बोल्ने बक्ताको जोड

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । प्रभात आवसीय माध्यमिक विद्यालयमा आईतबार एक कार्यक्रमका बिच रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल प्रभात आवसीय माध्यमिक विद्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्रोहा उपशाखाको समन्वयनमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । “ रक्तदान जिवनदान भन्ने” उद्देश्यका साथ युवा रेडक्रस सर्कल प्रभात आवसीय माध्यमिक विद्यालयले रक्तदान कार्यक्रमको अयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फणिन्द्र प्रसाद शर्माले युवा रेडक्रस सर्कलले रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशांस व्यक्त गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रत्येक स्वस्थ्य ब्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै यसबाट कुनै बेफाईदा नहुने बताउँनुभयो । पछिल्ला दिनमा बढी दुर्घटना, विभिन्न रोगबाट पिडित मानिसहरु समयमा रगत नपाउँदा ज्यान गुमाउन बाध्य भएका बताउँदै कुनै पनि व्यक्तिलाई दुर्घटना आकस्मिक रुपमा आउने हुनाले स्वस्थ व्यक्तीले रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँँले समाज परिवर्तनका लागि युवा रेडक्रसले चलाएको अभियानलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् विद्यालयका प्रचार्य अनन्तराम शर्माले सेवा नै धर्म हो, भन्ने भावले मन्दिरमा गएर पुजा गर्दा मनलाई अनन्द तुल्याउँछ त्यसरी नै रगत दान गर्दा जीवन मरणको क्षणमा रगत मुत्युको मुखबाट एक जनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो पुण्य कर्म ठूलो धर्म हो भन्दै रगत सबैजनाले दान गर्नुपर्नेमा जोड दिनुभयो ।

रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको रक्तदानमा ७८ युनिट रगत संकलन गरिएको कार्यक्रम संयोजक शिक्षिका मिना भण्डारीले जनाकारी दिनुभयो । भण्डारीका अनुसार रक्तदान गर्ने धेरै नयाँ रहेको भन्दै युवा पुस्तालाई रक्तदान कार्यक्रममा सरिक हुन आग्रह गर्नुभयो । रक्तदान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।

कार्यक्रम युवा रेडक्रस सर्कलका सभापति रामबहादुर गौतमको अध्यक्षता , सर्कलका सदस्य मेलिना पाण्डेको स्वागत मन्तव्य तथा सर्कलका सचिब सित्तल थापाको संचालनमा सम्पन्न भएको हो ।

 
 
  
 

You may also like