गुल्मीको कालीगण्डकीमा अटिजम पाठशालाको अन्तरक्रिया

गुल्मी।कालिगण्डकी गाउँपालिका गुल्मीमा अपाङ्गमैत्री संरचना बिषयक अन्तरकृया कार्यक्रम र बिद्यालय भर्नामा पहुँचका लागि र्शक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।

अटिजम पाठशाला नेपाल रुरुक्षेत्र गाउँपालिका १ रिडीको आयोजना र सामाजिक बिकास मन्त्रालय, सामाजिक बिकास डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोेगमा अन्तरकृया कार्यक्रम गरिएको हो ।

कार्यक्रमको अवसरमा कालिगण्डकी गाउँपालिकामा बस्ने अपाङ्गता भएका १० जना लाई बिउँ पूजिँको लागि प्रतिब्यक्ति ८ हजारका दरले ८० हजार रुपैया र बिभिन्न बिद्यालयका अपाङ्गता भएका बिध्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो । सोही अवसरमा अटिजम पाठशालाको कार्यपात्रो क्यालेन्डर बिमोचन गरिएको थियो ।

कार्यक्रममा बक्ताहरुले अपाङ्गता भएकाहरुलाई माया सद्भाब र उपयुक्त अवसर दिनु पर्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका अध्यक्ष द्रोण खत्रीले प्रचार सामाग्री बाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उहाले,अपाङ्गताको क्षेत्रमा अटिजम पाठशालाले गरेका काम र प्रयासको प्रसंसा गर्दै अपाङ्गता भएकाहरुलाई प्रेम सद्भाब र उपयुक्त अवसर दिनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बहादुर सनानी मगर, जिल्ला समन्वय अधिकारी जगदिस अर्याल,जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक राजन भुजेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अटिजम पाठशालाका संस्थापक बिष्णु प्रसाद भण्डारीले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । सृजनसिल अपाङ्ग स्वालम्बन केन्द्र पाल्पाका अध्यक्ष संदिप भट्टराईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम कालिगण्डकी गाउँपालिका अध्यक्ष बेद बहादुर दर्लामीको अध्यक्षतामा गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नरेश गिरीले स्वागत गर्नु भएको थियो , कार्यक्रम अटिजम पाठशालाका गोपी भण्डारीले संचालन गर्नु भएको थियो ।

 
 
  
 

You may also like