न्यौपाने परिवारलाई सहयोग हस्तान्त्रण

by समतल अनलाइन

बुटवल । गत कात्तिक १५ गते सप्तरीमा सवारी दुर्घटनामा ज्यान गुमाएका सवारी चालक नोमराज न्यौपानेको परिवारलाई सहयोग रकम हस्तान्त्रण गरीएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संघ, प्रदेश ५को सहजिकरणमा नेपालका विभिन्न रुटमा सवारी साधन सञ्चालन गर्दै आएका मजदुरहरुको सहयोगमा रु १ लाख ७० हजार १ सय ६५ रुपैयाँ न्यौपानेकी श्रीमती कौशल्या न्यौपाने र दुई छोरा छोरी सविन न्यौपाने र मनिषा न्यौपानेलाई हस्तान्त्रण गरिएको हो ।

सहयोगका लागी पूर्व रुट ईकाइबाट ८५ हजार १सय ७० , काठमाण्डौँ भैरहवा रुट इकाईबाट ५० हजार ५ रुपैँया , नेपाल यातायाता स्वतन्त्र मजदुर संगठन प्रदेश ५ बाट रु २५ हजार र पूर्व रुट इकाई कमिटीबाट रु १० हजार रकम प्रदान गरेको सहयोग हस्तान्त्रण कार्यक्रमका अध्यक्ष तथा पूर्व रुट इकाईका अध्यक्ष लोक नाथ न्यौपानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिति रहेका नेपाल यातायात स्वतन्त्र मजदुर संघठनका केन्द्रिय सदस्य ठाकूर गैरेले सहयोगका कार्यक्रमले मजदुरका परिवारलाई सहयोग मिल्ने बताए । उनले संस्थाले यस अघि विभिन्न दुर्घटना मजदुरहरुको परिवारलाई सहज बनाउन निशुल्क शिक्षा देखी परिवारको सदस्यलाई रोजगारीको व्यवस्था समेत गर्दै आएको बताए । आगामी दिनमा पनि कुनै पनि मजदुरलाई समस्या पर्दा संस्थाले सहयोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउने जानकारी दिए ।

 
 
  
 

You may also like