आजको मौसम : वर्षा र हिमपातको सम्भावना (३ दिने पूर्वानुमानसहित)

by समतल अनलाइन

काठमाडौं । देशका अधिकांश क्षेत्रमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। यसका कारण हाल देशको पश्चिमी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा हुनेछ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने मौसमविदले बताएका छन् ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

तीन दिनको मौसम पूर्वानुमान

मंसिर७ गते (शनिबार)

दिउँसो: देशको पश्चिमि भु-भागमा सामान्य बदली र अन्य भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ। ।

मंसिर८ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसिर८ गते (आइतबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।

 
 
  
 

You may also like