‘देशमा गणित कमजोर हुँदा विकासले गति लिन सकेन’ : मन्त्री वराल

by समतल अनलाइन

नेपाल गणित समाजले गर्‍यो गणित शिक्षण कार्यशाला

बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन वरालले देशमा गणित कमजोर हुँदा विकासले सहि गति लिन नसकेको बताएका छन । उनले गणितको विकास विना समृद्ध नेपालको सपना देख्नु मुर्खता हुने समेत बताए । “मानवीय जीवन गणितसँग निकै नजिक छ, देशमा गणित कमजोर हुँदा विकासले सहि गति लिन सकेन । त्यस तर्फ हामी सचेत हुनुपर्छ ।’– उनले भने ।

नेपाल गणित समाजले शनिवार होराइजन गौतमबुद्ध स्कुलमा आयोजना गरेको माध्यमिक तहमा गणित शिक्षण कार्यशालामा बोल्दै मन्त्री बरालले त्यस्तो बताएका हुन । उनले गणित अध्यापनमा नीतिगत सुधारको आवश्यकता रहेको बताए ।

देशको अर्थतन्त्र समग्र गणितका आधारमा संचालन हुने भन्दै मन्त्री वरालले गणितमा दक्ष जनशक्ति उत्पादनका लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले भने–‘नेपालमा यही अवस्था रहिरहने हो भने गणितिज्ञ र बैज्ञानिकहरु हुने छैनन् । यसले देशमा ठूलो संकट निप्ताउने छ । त्यस तर्फ सचेत हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले गणित विषय अफ्ठारो विषय हो भन्ने मनोविज्ञानलाई तोड्न जरुरी रहेको बताए । उनले समयमा नै त्यस तर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको बताए ।

त्यस्तै प्याब्सन रुपन्देहीका उपाध्यक्ष कमल रेग्मीले विद्यार्थीहरुलाई परीक्षा केन्द्रित मात्र नभई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।

नेपाल गणित समाजका प्रदेश सचिव गोपाल प्रसाद आचार्यले तल्लो तहमा गणितको जग राम्रो नहुँदा माथिल्लो तहमा गारो हुने गरेको बताए । हामि माथिल्लो तहमा बढि केन्द्रित भयौँ उनले भने तर तल्लो तहमा जग बलियो नहुदा सम्म माथिल्लो तहमा सुधार ल्याउन असम्भव छ” ।

विभिन्न विद्यालयबाट सहभागि ३८ गणित शिक्षकहरुलाई कसरी अध्यापन गराउँदा प्रभावकारी हुन्छ भन्ने विषयमा प्रस्तुतीकरण समेत भएका थिए ।

गणित अध्यापनको परम्परा विषयमा शेषराज कुमार शर्मा, माध्यमिक तहमा गणितको शिकाई कौशलता विषयमा गोपाल प्रसाद आचार्य, ज्यामिति अध्यापनका विषयमा तुल्सी प्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।

 
 
  
 

You may also like