कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।

शनिबार हालसम्मकै उच्च बिन्दु १३३.६५ रुपैयाँ पुगेको १ अमेरिकी डलरको बिक्री दर आज १३३.३४ रुपैयाँ र खरिद दर १३३.०४ रुपैयाँमा स्थिर छ । आज १ युरोको खरिद दर १४२.६१ रुपैयाँ र बिक्री दर १४३.२५ रुपैयाँ रहेको छ ।

हिजो १ युरोको बिक्री दर आज १४२.८० रुपैयाँ र खरिद दर १४२.१६ रुपैयाँ थियो । यस्तै, हिजो १ पाउण्ड १६३.६७ रुपैयाँमा बिक्री भएकोमा आज बिक्री दर १६४. २१ पुगेको छ । आज १ पाउण्डको खरिद दर भने १६३. ४७ पुगेको छ ।

 
 
  
 

You may also like