नेप्सेमा हरियाली : १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

by समतल अनलाइन

काठमाडौँ । नेप्सेमा आज (सोमबार) हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । २०८१ भदौ १७ गते सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर मुल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ । आज गुडविल फाइनान्सको सबै भन्दाबढी ४६ करोड ५२ लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज साबि भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता शेयर कारोबार भएको छ ।

 
 
  
 

You may also like