भन्सार, कर र आन्तरिक राजस्वका ५८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

by समतल अनलाइन

काठमाडौँ । अर्थ मन्त्रालयले भन्सार, कर र राजस्व कार्यालयका ५८ उपसचिवको एकै पटक सरुवा गरेको छ ।मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार तातोपानी, जलेश्वर र कैलाली भन्सार कार्यालयका प्रमुखहरु फेरिएका छन् । काठमाडौं उपत्यकासहित मुलुकका आन्तरिक राजस्व कार्यालयका २३ जना प्रमुख फेरिएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई प्रमुख भन्सार अधिकृतको सरुवा गरिएको छ । पछिल्लो समय चीनसँगको व्यापार सहजीकरण गरेर राजस्व संकलन उल्लेख्य वृद्धि गराएका तातोपानी भन्सार प्रमुख दयानन्द केसीलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ ।

यस्तै तातोपानीमा अर्थबाट उपसचिव कमल कुमार भट्टराईलाई पठाइएको छ । कैलाली भन्सारका राजेन्द्रकुमार हमाललाई भन्सार विभाग र जलेश्वर भन्सारका अमित पौडेललाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । उक्त भन्सारमा प्रमुख पठाइएको छैन ।

कर र भन्सारका १० जना उपसचिवलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । आन्तरिक राजस्व विभाग लाजिम्पाटमा १२ उपसचिवलाई निर्देशकको रुपमा खटाइएको छ । आन्तरिक राजस्व कार्यालय इटहरी र भैरहवाका कर अधिकृतहरु शान्तिराम निरौला र अुर्जनकुमार न्यौपानेलाई विमानस्थल भन्सार कार्यालय सरुवा गरिएको छ ।

विभानस्थलबाट सरुवा भएका प्रमुख भन्सार अधिकृतहरु गगनबहादुर बिकेलाई कोटेश्वर कर कार्यालय र श्रीधर टण्डनलाई दाङको कर अधिकृतमा सरुवा गरिएको छ । लामो समयदेखि भन्सार विभागमा निर्देशको भूमिकामा रहेका पुण्यविक्रम खड्कालाई आन्तरिक राजस्व कार्यालय भक्तपुरको प्रमुखमा सरुवा गरिएको छ ।

कर अधिकृत कोटेश्वरका गणेशप्रसाद अर्यालय र कर अधिकृत जनकपुरका किशोर गर्तौलालाई भन्सार विभागको निर्देशकमा सरुवा गरिएको छ । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय भैरहवाका प्रमुख टिकाराम गैरेलाई बुटवल कर प्रमुखमा सरुवा गरिएको छ । गौतमबुद्धमा भने नयाँ प्रमुख तोकिएको छैन ।

 
 
  
 

You may also like