अभिनेता दयाहाङ राईका चार फिल्म युट्युव ट्रेन्डिङमा

by समतल अनलाइन

काठमाडौं । हलपछि अब युट्युवमा पनि अभिनेता दयाहाङ राईको दबदबा देखिएको छ । उनी अभिनित चार नेपाली फिल्म यतिबेला युट्युवको नेपाल ट्रेन्डिङमा छन् ।

जसमध्ये ‘के घर के डेरा’ ट्रेन्डिङको शीर्षस्थानमा छ । मंगलबार बेलुकासम्म यो फिल्मलाई २३ लाख पटक हेरिएको छ ।

दोस्रो स्थानमा ‘बिहे पास’ छ जसलाई मंगलबार बेलुकासम्म २१ लाख पटक हेरिएको छ ।

ट्रेन्डिङको तेस्रो स्थानमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी ४’ छ जसलाई ८८ लाख पटक हेरिएको छ । पाँचौ स्थानमा रहेको ‘फूलबारी’लाई ९६ लाख पटक हेरिएको छ ।

युट्युवबाहेक हलमा पनि दयाहाङको शीर्ष भूमिका रहेको फिल्म ‘दिमाग खराब’ चलिरहेको छ । यतिमात्र होइन, उनी ‘डिग्री माइला’ लगायतका फिल्मको छायांकनमा ब्यस्त छन् ।

समग्रमा हलमा हिट भएका राई अभिनित यी फिल्मलाई युट्युवमा पनि रुचाइएको देखिएको छ । दर्शकीय प्रतिक्रिया सकारात्मक मात्र होइन, तिहारको समयमा पनि यी फिल्मले ट्रेन्डिङ कब्जा गरेको देखिएको छ ।

 
 
  
 

You may also like