कुहिएको मासुबाट हैदराबादी मट्का विरयानी बनाउने गरेको पुष्टि

by समतल अनलाइन

बुटवल । हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट विरयानी गराउने गरेको खुलेको छ ।

भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदरावाद दम बिरयानीमा अनुगमन गरिएको थियो ।बुटवल उपमहानगरपालिका, उपभोत्ता हित संरक्षण मञ्च बुटवल नगरकमिटि सहितको टोलीले अनुगमन गर्दा कुहिएको मासु, छाला भेटिएको थियो ।

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलले ग्राहकको गुनासोको आधारमा हैदराबादी दम विरयानीमा अनुगमन गरिएको र ५६ केजी मासु र कुखुरको छाला नष्ट गरिएको बताए ।

उनले कार्यालय खुल्ला भएपछि मात्र कार्यविधि अनुसार जरिवाना गर्ने बताए । खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ । तर, हैदरावाद दम बिरानीले यी कानूनी मापदण्डको पालना नगरेको पाईएको उपभोक्ता हित संरक्षण समिति बुटवल नगरका अध्यक्ष समुन्द्र जिसीले बताए ।

‘भाडा माज्ने ठाउँ फोहोरो थियो । भाडा सफा नगरेर खुवाएको गुनासो पनि सुनियो । भाडा माज्ने ठाउँमा सिंगो मासु त्यहि सफा गर्ने गरेको देखेपछि अनुगमन टोलीले पत्र काटेर आएको हो’ उनले भने ।

हैदरावादी दम बिरानीले सस्तो लोकप्रीयता कमाउन प्रचारमा गरेको दावी र वास्तविकतामा ठुलो फरक रहेको समेत पाइएको अनुगमनबाट देखिएको छ ।

 
 
  
 

You may also like