लुम्बिनीमा निर्माण हुने एकिकृत खानेपानी,ढल व्यवस्थापन सम्बन्धी राय–संकलन

बुटवल ।रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा निर्माण हुने एकिकृत खानेपानी,ढल व्यवस्थापन तथा ईन्सिनिरेटर आयोजना सम्बन्धी रायसुझाव संकलन कार्य आज सम्पन्न भएको छ ।

यो योजनाको लागी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारीको क्रममा आयोजना कार्यान्वयन हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित पार्ने विषयहरुलाई लिएर स्थानीय सरोकारवालाहरुको राय सुझाव संकलन भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलनमानले नगरलाई जनताले चाहेजस्तो बनाउन खोजेको बताएका छन् ।नगरबाट निस्केका फोहोरमैलालाई समुचित रुपमा व्यवस्थापन गर्ने गृहकार्य अघि बढ्न सुरु भएको र सो विषयमा बृहत छलफल चलिरहेको जानकारी दिए ।

लुम्बिनी साँस्कृतिक नगरमा एकिकृत रुपमा विकास गर्न र नगरलाई स्वच्छ एवं हरावरा बनाउन सो आयोजना अघि सारिएको हो । विकासका काम गर्दा यस क्षेत्रका प्राकृतिक,भौतिक प्रणली,साँस्कृतिक,सामाजिक,आर्थिक र पर्यटनमा असर नपर्ने गरि गर्नुपर्नेमा मेयर मुसलमानले जोड दिए ।

छलफलमा केन्द्रित भएको आयोजनालाई मुर्त रुप दिन आफु सकारात्मक भएको भन्दै सवैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।

कार्यक्रममा उपप्रमुख कल्पना हरिजनले नगरबाट निस्केका ढललाई उचित रुपमा व्यवस्थापन गर्नुपर्ने आजको आवश्कयता देखिएको बताईएकी छन् । एकिकृत खानेपानीको विकासमा समेत नगर लागी परेको कुरा औँल्याईन् ।

नगरपालिकामा भएको कार्यक्रममा वातावरण तथा ईन्जिनियरहरुले सो आयोजनाकाबारेमा प्रस्तुतिकरण दिएका थिए ।एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना पानीपोखरी,काठमान्डौको आयोजनामा सार्वजनिक कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like