मौसम : बुधबारसम्म निम्न चापीय रेखाको प्रभाव

by समतल अनलाइन

मौसम : बुधबारसम्म निम्न चापीय रेखाको प्रभाव

आज देशको मौसम सफा छ । देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार एक कमजोर निम्न चापीय प्रणाली पश्चिमी नेपालतर्फ बढिरहेको र यसको प्रभाव बुधबारसम्म रहने भएकाले त्यससमयसम्म मौसममा गडबढी देखिन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ:

कार्तिक २६ गते (मंगलबार)

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक २७ गते (बुधबार)

दिउँसो: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

राति: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

कार्तिक २८ गते (बिहिबार )

दिउँसो: देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षा को सम्भावना छ ।

राति: देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षा को सम्भावना छ ।

 
 
  
 

You may also like