आजको राशिफल: कात्तिक २६ गते, मंगलबार

by समतल अनलाइन

वि.सं, २०७६ साल कात्तिक २६ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि पूर्णिमा,३१ घडी ४४ पला,बेलुकी ०७ बजेर ०४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र भरुणी,३८ घडी ३७ पला,बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त कृतिका । योग,व्यातिपात १४ घडी ५९ पला,दिउसो १२ बजेर २२ मिनेट उप्रान्त वरियान । करण भद्रा,बिहान ०६ बजेर ३३ मिनेट उप्रान्त बव,बेलुकी ०७ बजेर ०४ मिनेट उप्रान्त बालव । आनन्दादिमा मुसल योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २७ घडी ०१ पला । पूर्णिमा व्रत। कार्तिकस्नान तथा चतुर्मास व्रत समाप्ति। मन्वादि। सकिमना पुन्ही। थानकोटको वाणस्थलीमा त्रिवेणी स्नान। बराहक्षेत्रमा धार्मिक मेला समाप्ति। डोटीको सिलगढीमा शैलेश्वरी जाँत। त्रिपुरोत्सव। निम्बार्काचार्य जयन्ती। गुरुनानक जयन्ती।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुखमा साथ दिनेहरु प्रशस्त भेटिने हुदा मन प्रशन्न रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाई लेखाईमा मन जाने छैन भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसायमा मन्दि आउनेछ । लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथि सँग मनमुटाब बढ्ने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउँन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुँन सकिनेछ । व्यावसाय फस्टाएरु जाने तथा व्याबसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुँनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा गरिदिने हुनाले समय र रुपैया पैसाको बचत हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रहयोग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानि नगर्नुनै राम्रो रहनेछ । पढाई लखाईमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथि सँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नया ठाउमा नया नियूक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरि हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिष्पर्धामा प्रतिश्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र जस्तौ स्कुल कलेज बैक तथा बित्तय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोराछोरी सँगको सम्बन्ध अझ राम्रो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । छोटो तथा रमाईलो यात्रा गरि सकारात्मक नतिजा हात लगाउँन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like