फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सम्बन्धविच्छेदका लागि दिइन् निवेदन

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले पतिसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन् । प्रधानमन्त्री रहेकै बेला २०१९ मा उनले मार्कर राइकोनेनसँग विवाह गरेकी थिइन् ।

उनीहरु संयुक्त रुपमा सम्बन्धविच्छेदको निवेदन दिएको इन्स्टाग्राममार्फत खुलासा गरेका छन् । ‘साथमा बिताएको १९ वर्ष र हाम्री छोरीप्रति हामी कृतज्ञ छौँ । हामी उत्कृष्ट मित्र रहनेछौँ,’ उनीहरुले अलग अलग इन्स्टाग्राम पोस्टमा भनेका छन् ।
राइकोनेन भर्खरसम्म एक भेन्चर क्यापिटल कम्पनीमा काम गर्थे ।

उनीहरुका पाँच वर्षकी एक छोरी छन् । गत महिना भएको निर्वाचनमा पराजय बेहोरेसँगै मरिन प्रधानमन्त्रीबाट हट्ने निश्चित भइसकेको छ । २०१९ मा प्रधानमन्त्री नियुक्त हुँदा उनी विश्वकै कान्छी प्रधानमन्त्री बनेकी थिइन् । त्यतिबेला उनको उमेर ३७ वर्ष थियो । एजेन्सी

 
 
  
 

You may also like