बंगलादेशका हिन्दुको माग : अल्पसंख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण

by समतल अनलाइन

ढाका । बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दूहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन् । उनीहरुले अल्पसंख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन् । प्रदर्शनकारीहरुले बंगलादेशको संसदमा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन् ।

आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको पनि माग गरेका छन् । यसका साथै भत्किएका मन्दिरहरू पुनर्निर्माण गर्न पनि माग गरिएको छ । आन्दोलनकारीले भन्छन्, ‘हामी यही देशमा जन्मेको हौं, यो हाम्रा पुर्खाहरूको भूमि हो । यो देश पनि उनीहरुको हो । यहाँ मारिए पनि उनले आफ्नो जन्मभूमि बंगलादेश छोड्ने छैनन् । बरु, आफ्नो अधिकारका लागि सडकमा उत्रिने छन् ।’ –न्यूज कारखाना

 
 
  
 

You may also like