बेल्जियमका मेयर र नेपाली समुदाय बिच अन्तरक्रिया

लुभेनमा माऊन्ट एभरेष्ट ,बुद्धमार्ग र नेपाली चौतारी बनाऊन माग

by समतल अनलाइन

बेल्जियमको शैक्षिक नगरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेकोछ ।

ब्रसेल्समार्गमा सम्पन्न साक्षात्कर कार्यक्रमसंगै नेपाली समुदायको तर्फबाट लुभेन वा आसपास क्षेत्रमा नेपाली चौतारी निर्माण , बुद्ध मार्ग वा माऊन्ट एभरेष्ट मार्ग (स्त्रात ) नामाकरण गर्नुपर्ने सहित आफ्ना पॅाचबुदे तत्कालिन एवंम दीर्घकालिक मागहरु समेत प्रस्तुत गरेकाछन ।

युरोपकै सफा नगरको रूपमा पुरस्कृत लुभेन नगरपालिका बिश्वब्यापी रूपमा बिश्वबिध्यालय र बिध्यार्थीको शहरको नामले समेत परिचित छ जहा हजारौको संख्यामा नेपालीमूलका मानिस स्थायीरूपमा बसेका छन । यहा सम्मकी Poortveldstraat,Gementestraat लगायत मार्गहरूमा लहरै २०देखि ४० घर नेपालीहरूले स्थायीरूपमा निजीनिवासको रूपमा प्रयोग गरेका छन ।

एकसय ७० भन्दा बढी मुलुकका बासिन्दा रहेको र ठूलो संख्यामा ब्यापार ब्यबशायमा समेत संलग्न रहेको लुभेनमा नेपाली सांस्कृतिक केन्द्र वा सो को लागि खरिद गर्न उपयुक्त जग्गा खोजिदिन आग्रह गरेको छ ।

दोश्रो माग भने लुभेन र नेपालको कुनै एऊटा शहर – शहरबीचको भगिनी सम्बन्ध स्थापना ,
नेपाली नृत्य, भाषाकक्षाहरूको लागि उपयुक्त एउटा स्थल निर्माण गर्न अनुरोध गरिएको छ ।
मेयर रूदुवानीसंग चौथौ र पॅाचौ मागपत्रमा लुभेनको एउटा सडकको नाम, उदाहरणका लागि, एभरेष्ट स्ट्रीट, बुद्ध स्ट्रीट, वा लुम्बिनी स्ट्रीट गरिदिन तथा नेपालबाटै बर-पिपल ल्याएर रोप्न र नेपालको प्यास मेटाऊने स्थलको रूपमा नेपाली चौतारी बनाऊन उपयुक्त स्थान अनुदान या खरिदको निम्ति आग्रह गरिएको छ ।

बिगत दशौ बर्ष देखि नेपाली समुदाय मार्फत नगरपालिकासंग बिभिन्न खाले कार्यक्रमहरु सहकार्यमा गरिदै आएको र समुदायले आफ्नो तर्फबाट बिभिन्न मागहरु सार्वजनिक सभा सम्मेलन एवंम नगरपालिकामा प्रतिनिधि मार्फत भेटघाटद्वारा जानकारी गराउदै आएका छन ।तर यस्को कार्यान्वयन र अगाडी बढाउने प्रकियामा औपचारिक रूपमा समुदायको तर्फबाट सामुहिक हस्ताक्षर सहित आफ्ना अनुरोधलाई हस्तान्तरण गरेको भने पहिलो पटक हो ।

उक्त अवसरमा बाग्लुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठद्वारा हस्ताक्षरित बाग्लुङ नगरपालिका र लुभेन नगरपालिका बिच भगिनी सम्वन्ध स्थापित गरेर बिकास निर्माण, आपसी भाईचारा, पर्यटन प्रवर्धन, एबम दुई नगर बिच सामाजिक सद्भाव कायम गर्ने उद्देश्य सहितको पत्र बाग्लुङ समाज बेल्जियम अध्यक्ष महेन्द्र पन्त र सिङ्गो समुदायको तर्फबाट नगर प्रमुखलाई हस्तान्तरण सम्त गरेको छ ।

बेल्जियममा बिषेशत लुभेनमा बसोबास गर्ने नेपाली संघ संस्थाका अध्यक्ष एवंम प्रतिनिधिहरू उपस्थित प्रमुख आकर्षण नगर प्रमुख मोहम्मद रुदुबानी रहेका थिए ।
मेयर रुडवानीले भने नेपालीसंगको घनिष्टता पुन दोहोर्याऊदै भने लगनशिलता र मेहनती नेपाली लुभेनको अभिन्न बनिसकेका छन ।
सबै राष्ट्रीय राजनैतिक दलको नजर नेपाली कम्युनिटीमा रहेकोले आफू भैरूट (एसपिआ)बाटै मेयर बनेको र त्यसैबाट फेरि ऊम्मेदवार बनेपनि “तपाईलाई जो राम्रो लाग्छ ,जस्ले राम्रो गरेको छ र गर्छ उसैलाई मतदान गर्न स्वबिवेक प्रयोग गर्नुहोस ।”

मेयरले नेपाली समुदायको मागपत्र ग्रहण गर्दै भने अध्ययन ,छलफल र सहमतिबाट माग पुरा गर्न कटिबद्ध रहनेछु । आगामी अक्टोबरको स्थानिय निकायको निर्बाचनपूर्ब नै मागका केही बुदा पुरा गर्न प्रयत्न गर्ने छु ।

समुदायको तर्फबाट एनआरएनए अन्तराष्ट्रीय समन्वय परिषद उपाध्यक्ष ,एनआरएनए बेल्जियम पूर्ब अध्यक्ष गंगाधर गौतम ,आइसिसि सचिव पूर्व कोषाध्यक्ष एवंम एनआरएनए बेल्जियम पूर्व अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएनए बेल्जियम निबर्तमान अध्यक्ष खडक बहादुर केसी, लुभेन नगरपालिकाका बहाल सदस्य र आगामी स्थानिय निर्वाचनका उम्मेदवार सूर्य ढकाल, समाजबादी पार्टी बेल्जियम शाखाका अध्यक्ष एवंम एनआरएनए पूर्व आईसिसी नेत्र बहादुर मगर, पर्बत अन्तर्राष्ट्रिय समाजका निवर्तमान अध्यक्ष झलक केसी, जयन्तु संस्कृतम अभियानका संयोजक एवंम ब्यवसायी संघ बेल्जियमका संस्थापक अध्यक्ष राधाकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई, बाग्लुङ समाज वेल्जियमका अध्यक्ष महेन्द्र पन्त, नेपाली जनसम्पर्क समिती बेल्जियमका महामन्त्री गोविन्द सिंह अधिकारी थिए ।
त्यसैगरी बिश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ , नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास,गैर नेपाली संघ बेल्जियमका सचिव संजय श्रेष्ठ (देबु)बरिष्ठ पत्रकार एवंम लेखक पंचम अधिकारी, साग्रिला समाज बेल्जियमका अध्यक्ष नारायण अधिकारी, क्षेत्री समाज वेल्जियमका महासचिव हरि रोका,जसस पूर्ब सहमहामन्त्री बिष्णु सापकोटा ,चितवन सहायता कोष बेल्जियमका पुर्ब अध्यक्ष दिनेश भन्डारी, यूरो नेपाल कलाकार संघ र अनेसास पूर्ब अध्यक्ष परमानन्द सापकोटा, नेपाली जनसम्पर्क समिती बेल्जियमका पूर्ब सह_महामन्त्री बिष्णु सापकोटा, शेर्पा किदुक बेल्जियमका दाबा फिन्जो शेर्पा, बाग्लुङ समाज बेल्जियमका सचिव हरि शर्मा,समाज सेबी श्रृजना नेपाल, सामाजिक अभियन्ता बिदुर केसी, युबा व्यवसायी रोशन शर्मा, महेन्द्र सापकोटा, एनआरएनए बेल्जियमका सदस्य रोशन गौतम, शोनु गुरुङलगायतले माग पत्रमा हस्ताक्षर गर्दै मेयरसंग प्रश्नोत्तर गरेका थिए ।
नेपाली मूलका सूर्य ढकाल मेयर रुदुबानीको पार्टी भेरुतबाट नगर सदस्य रहेका छन भने पुन चुनाबी मैदानमा छन । समुदायलाई निर्बाचनमा स्थान दिएको र मेयरको चुनावी अभियानमा जित र सफलताको कामना समेत गरे ।
काउन्सिल सदस्य सूर्य ढकालले संयोजन गरेको साक्षात्कार कार्यक्रमको आयोजना नेपाली समुदायले गरेको थियो ।

 
 
  
 

You may also like