जोरबिजोर प्रणाली हटाइयो

काठमाडौ
सरकारले यातायातमा लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ । चौतर्फी आलोचनापछि सरकारले जोरबिजोर प्रणाली हटाएको हाे ।
काठमाडौंमा आजदेखि शुरू हुने एसिया प्रशान्त शिखर सम्मेलनका कारण लागू गरिएको जोरबिजोर प्रणाली आज बिहान साढे ११ बजेदेखि लागू हुनेगरी जोरबिजोर प्रणाली हटाएको हो ।

‘काठमाडौं उपत्यकामा मंसिर १३ गतेदेखि १६ गतेसम्म लाग’ भएको जोरबिजोर प्रणाली गृहमन्त्रालयको निर्देशनमा मंसिर १४ गते ११: ३० बजेदेखि हटाइएको व्योहोरा अनुरोध गरिएको छ,‘महानगरीय ट्राफिक प्रहरी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।

नागरिकहरूलाई सास्ती हुने गरी लागू गरिएको जोरबिजोर प्रणालीको सामाजिक सञ्चालमा व्यापक आलोचना भएको थियो । राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका युवा नेता गगन थापालगायतले सामाजिक सञ्जालमा यसको चर्को आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *