रिमाल बाहेक प्रधानमन्त्री सचिवालयका १३ सदस्यको सामूहिक राजीनामा

by समतल अनलाइन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार समूहका १३ सदस्यले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयको कार्यसम्पादनलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेका बेला समूहकै एकमुष्ठ राजीनामा दिएको बताइएको छ ।
यता, सामुहिक राजीनामाबारे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने आफूलाई यसबारेमा जानकारी नभएको बताउनुभयो । अन्य सदस्यहरुका अनुसार भनाई अनुसार राजनीतिक सल्लाहकार विष्णु रिमालले कार्यलय समय सुरु भएपछि मात्रै छुट्टै राजीनामा दिने हुनुभएको छ ।

सल्लाहकार समुहका एक सदस्यले दिएको जानकारी अनुसार प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्न खोजेकाले सल्लाहकार समूहमा पनि सोही लय समातोस् भनेर सामूहिक राजीनामा दिइएको हो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अलीले राजीनामा दिनुभएको छ ।

यस्तै प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव ईन्द्र भण्डारी, सचिवालयमै रहेका रामशरण बजगाईंलगायत १३ जनाले आगामी मङ्सिर १ गतेबाट लागु हुनेगरी सामूहिक राजीनामा दिएको ति सदस्यको भनाई छ ।

उनका अनुसार केही सदस्यले राजीनामा दिइसकेका छन् भने केही सदस्य राजीनामा दिने क्रममा छन् । उनीहरूले कात्तिक मसान्तभित्र राजीनामा बुझाइसकेका छन् । उनले बाहिर चर्चामा आएजस्तो प्रधानमन्त्रीले राजीनामा दिन दबाब नदिएको बरु आफैंले प्रधानमन्त्रीको कार्यसम्पादन सहज बनाइदिन लागेको बताए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली केही मन्त्रीहरु हेरफेरको तयारीमा लागेका छन् । स्रोतले दिएको जानकारीअनुसार त्यसैको संकेतस्वरुप पहिले सचिवालय सदस्यहरुले राजीनामा दिएका हुन् । केही सचिवालय सदस्यलाई प्रधानमन्त्रीले फेरि पनि नियुक्ति गर्न सक्ने बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरमा सहमति जुटिसकेको छ । २०७५ भदौदेखि नै मन्त्रिपरिषद् हेरफेरको चर्चा चले पनि साइत भने जुरेको थिएन

। मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँ अनुहारलाई मौका दिन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले निकै जोडबल गर्दै आएका छन् । तर प्रधानमन्त्री ओलीले पन्छाउँदै आएका थिए । अहिले दुई अध्यक्षबीच लाग्दो मङ्सिरमै मन्त्रिपरिषद् हेरफेर गर्ने समझदारी जुटिसकेको र केहीको नामसमेत तय भएको स्रोतका दाबी छ ।

 

 
 
  
 

You may also like