कसरी स्वस्थ राख्ने बच्चाको दाँत ?

by समतल अनलाइन

दाँत मानिसका लागि निकै महत्त्वपूर्ण अंग हो। दाँत सपार्ने र बिगार्ने बाल्यावस्थाको खानपानमा निर्भर रहन्छ ।

सानै उमेरदेखि नै यसको हेरचाहमा विशेष ध्यानदिनुपर्ने चिकित्सक सुझाउँछन् । बच्चाहरूको दाँत बिगार्नुमा अभिभावकको अहं भूमिका रहन्छ । त्यसैले यसको हेरचाहमा उचित ध्यान दिनु जरुरी रहन्छ ।

जन्मेको छ महिनादेखि नै बच्चाहरूमा दाँत आउन शुरु हुन्छ। साढे २ वर्ष सम्ममा भने सबै दाँत आइसक्छन्। खानपानका कारण पाँच वर्ष नपुग्दै आधिजसो दाँत किराले खाइसकेको हुन्छ । शहरी क्षेत्रमा बस्ने अधिकांश बालबालिकामा देखिने यो प्रमुख समस्या पनि हो ।

तसर्थ बालबालिकालाइ धेरै गुलियो खान दिनु हुँदैन । दैनिक दुई पटक दाँत माझ्न सिकाउनुपर्छ। बिहान नास्ता वा खाना खाएपछि र बेलुका खाना खाएर सुत्नुअघि अनिवार्य रूपमा दाँत माझ्नुपर्छ। यदि दिउँसो पनि केही गुलियो खानेकुरा खाइएको छ भने दाँत माझ्नु राम्रो हुन्छ।

साना बच्चाहरूलाई दूध चुसाएर वा बोतलको दूध रातभरि खुवाएर सुताउने चलन छ। यो राम्रो होइन। यदि बच्चा धेरै नै सानो छ भने दूध वा केही खाएपछि आफूले नै उनीहरुको दाँत सफा गरिदिनुपर्छ। नरम कपडा भिजाएर पुछिदिने र थोरै पानी खुवाइदिने गर्नुपर्छ।

समयसमयमा बच्चाहरुको दाँत हल्लिएको छ कि वा किराले खाएको छ कि या मुखमा अरु कुनै समस्या छ कि परीक्षण गरिरहनुपर्छ ।

दाँतको नियमित चेकजाँच पनि गराइरहनुपर्छ यसो गर्नाले बालबालिकाको दाँतमा समस्या देखिदैन ।

 
 
  
 

You may also like