निस्पक्ष रुपमा काम गर्छु–नवनियुक्त प्रदेश प्रमुख यादब

by समतल अनलाइन

बुटवल । प्रदेश नं ५ का नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादबले आफु निस्पक्ष रुपमा काम गर्ने बताएका छन् ।
प्रदेश प्रमुखको स्वागतमा प्रदेश प्रमुखको कार्यालयद्धारा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख यादवले आफ्नो कार्यकालमा कसैप्रति भेदभाव नगरी निस्पक्ष रुपमा काम गर्ने बताएका हुन् ।

आफुले नसोचेको जिम्मेवारी पाउदा खुसी लागेको बताउदै प्रदेश प्रमुख यादवले सबैको सल्लाह र सुझाब लिएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने–‘नसोचेको जिम्मेवारी प्राप्त भएको छ । उक्त जिम्मेवारी कसरी पुरा गर्ने भन्ने जानकारी छैन,तपाईहरुको सल्लाह र सुझाव लिएर जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्ने छु ।’

प्रदेश प्रमुख यादवले आजै पदभार ग्रहण गरेका छन् । सो अवसरमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले संघीय सरकारको प्रतिनिधिको रुपमा प्रदेश सरकारले पाको र अनुभबि अभिभावक पाएको भन्दै उनको कार्यकालमा प्रदेशले कुशल अभिभावकत्व पाएको अनुभूती हुने बिस्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेशका मन्त्रीहरु,मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिब,प्रदेशसभा सदस्यहरु,सूरक्षा निकायका प्रमुखहरु,प्रदेश मन्त्रालयका सचिबहरु प्रदेशका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

यसअघि प्रदेश प्रमुख यादवलाई प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसी लगायतका मन्त्रीहरु लिला गिरी,आरती पौडेल,प्रदेशसभा सदस्यहरुले स्वागत प्रदेश प्रमुखको कार्यालय परिषरमा स्वागत गरेका थिए ।

 
 
  
 

You may also like