एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री लामिछाने

by समतल अनलाइन

काठमाडौं । नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न मंगलबार साँझ ओली निवास बालकोट पुगेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको साथमा गृहमन्त्री लामिछाने बालकोट पुगेका हुन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोरा पनि बालकोट पुगेका तस्वीर सार्वजनिक भएको छ ।

सोमबार मन्त्रीको सपथ लिएका लामिछाने आज मंगलबार ओलीलाई भेट्न बोलकोट पुगेका हुन् । एमाले अध्यक्ष ओलीको विशेष पहलमा वर्तमान सरकार गठन भएको हो । ओलीसँगको भेटमा मन्त्रिपरिषद् विस्तार, भागवण्डा, सरकारको काम कारबाही एवम् समयसामयिक विषयमा छलफल भएको बताइएको छ ।

 
 
  
 

You may also like