आइसीसी एक दिवसीय वरियतामा खस्किँयो नेपालको स्थान, कुन देश कुन स्थानमा ?

by समतल अनलाइन

काठमाडौं । आइसीसीको एक दिवसीय वारियतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीको नयाँ वरियतामा एक दिवसीय क्रिकेटमा लगातार हार व्यहोरेको नेपाल १७ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १६औं स्थानमा रहेको थियो ।

त्यस्तै पछिल्ला खेलहरुमा जित हासिल गरेको क्यानडाले भने चार स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिका एक स्थान उक्लिएर नेपाल भन्दा अगाडी १६औं स्थानमा रहेको छ । त्यस्तै खराब प्रदर्शन गरिरहेको नामिबिया तीन स्थान तल झरेर १८औं स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झरेर १९औं स्थानमा पुगेको छ । त्यस्तै एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भारत रहेको छ भने दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ ।

 
 
  
 

You may also like