मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

by समतल अनलाइन

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन हुने भएको छ । आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

आजै मात्रै निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ मा उपनिर्वाचन गर्न सुझाव दिएका थिए । सोही सुझाव अनुसार नै सरकारले साँझ निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्षसहित ३९ पद रिक्त छन् ।

 
 
  
 

You may also like