167
काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले संघीय दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भोलि (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको हो ।