बागलुङ केन्द्रविन्दु भएर लगातार तीन भूकम्प

by समतल अनलाइन

बाग्लुङ । बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार तीन पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ः२३ देखि ३ः२८ बजेको अन्तरालमा तीन वटा भूकम्प मापन गरिएको हो ।

राति १ः२३ मा अधिकारी चौर भएर ४.७, राति २ः०७ मा खुंगा केन्द्रविन्दु भएर ५.३ र राति ३ः२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 
 
  
 

You may also like